बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड नगरपालिकाद्वारा मदरसा तालिमुल कुरानका विद्यार्थीलाई पोशाक वितरण

सोमवार, असार ९, २०८२

बिर्तामोड, ९ असार : बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ।

आइतबार एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक रेनुका थापा खातुनलाई १ सय ६३ जना विद्यार्थीका लागि तयारी गरिएको पोशाक हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकाले प्रत्येक वर्ष ४० लाख रुपैयाँ बराबरको पोशाक वितरण गर्दै आएको जानकारी दिनुभयो। पोशाक वितरणले अभिभावकलाई राहत मिलेको उल्लेख गर्दै उहाँले बालबालिकाको सरसफाइमा विशेष ध्यान दिन अभिभावक र विद्यालयलाई आग्रह गर्नुभयो।

त्यसैगरी, शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीले सबै विद्यार्थी एउटै प्रकृतिको पोशाकमा कक्षा कोठामा बसून्, पोशाक हुने र नहुने विद्यार्थीबीच भेदभाव नहोस्, र शिक्षण–सिकाइमा सुधार होस् भन्ने उद्देश्यले विगत ४ वर्षदेखि पोशाक वितरण कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानले नगरपालिकाले विद्यालय सञ्चालनमा वार्षिक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो। उहाँले गएको वर्षदेखि एक जना बालशिक्षकको समेत व्यवस्था गरिएकोमा नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका सदस्य अफ्सर अहमदको अध्यक्षतामा सम्पन्न उक्त पोशाक वितरण कार्यक्रममा मुस्लिम धर्मगुरु मोहमद सज्जादले दुआ पढ्नुभएको थियो। मदरसा तालिमुल कुरान धार्मिक विद्यालय हो । कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।

बिर्तामोड नगरपालिकाले सामुदायिक तथा धार्मिक विद्यालयहरूका कक्षा ५ सम्मका विद्यार्थीहरूलाई हरेक वर्ष पोशाक वितरण गर्दै आएको छ। चालू आर्थिक वर्षमा १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालय गरी जम्मा २० वटा विद्यालयका ३ हजार ९२५ जना विद्यार्थीलाई पोशाक वितरण गर्ने कार्य सञ्चालन भइरहेको छ।

सम्बन्धित खबर