बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब ५१ करोड रुपैयाँको बजेट सार्वजनिक

सोमवार, असार ९, २०८२

बिर्तामोड, ९ असार : बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगर सभाको सोमबार सुरु भएको बैठकमा नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगर विकासका विभिन्न महत्त्वकांक्षी योजनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो ।


नगरपालिकाले शिक्षा विकास कार्यक्रम अन्तर्गत नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर सुधार गर्दै प्राविधिक तथा व्यवसायिक शिक्षा र जीवनोपयोगी सीप सिकाइमा विशेष जोड दिएको छ ।
विद्यालयहरूलाई प्रविधिमैत्री कक्षाकोठा निर्माण र प्रविधिमा आधारित सिकाई व्यवस्थापनका लागि प्रोत्साहन गर्दै नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन अनुगमन प्रणालीलाई सूचकमा आधारित बनाउने नीति अघि सारेको छ ।


शैक्षिक सत्र २०८२ लाई सिकाई उपलब्धि सुधार वर्षको रुपमा कार्यान्वयन गर्दै मुख्य पाँच विषयमा विद्यालयमा विषयगत समिति परिचालन गरी नगरमा निर्माण भएका विषयगत सञ्जालमार्फत सिकाई सुधार प्रतिबद्धता कार्यान्वयन गर्ने नगरपालिकाको नीति छ । समग्र शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


विपन्न २००० घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराई उनीहरूलाई नियमित स्वास्थ्य जाँच तथा उपचार प्रक्रियामा आबद्ध गराउने नीति अघि सारिएको नगर प्रमुख प्रसाईले बताउनुभयो ।
गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका लागि आमा सुरक्षा कार्यक्रम र सुनौलो हजार दिन कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिएको छ । नगर प्रमुख प्रसाईले बिर्तामोड नगर अस्पतालको सेवालाई २४ घण्टे बनाउने गरी गृहकार्य सुरु गरिएको बताउनु भयो । बिर्तामोड नगरलाई स्वास्थ्यको हबका रूपमा स्थापित गर्न नगर स्वास्थ्य समन्वय समिति गठन गरी विस्तृत कार्य योजना तयार गर्ने नीति नगरपालिकाले प्रस्ताव गरेको छ ।

उपप्रमुख नगेन्द्रप्रसाद सङ्गौलाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनु भयो ।बजेटले विशेष गरी नगरलाई 'सुन्दर र उज्यालो' बनाउने लक्ष्य लिएको छ, जसका लागि वृक्षारोपण, सिसी क्यामरा जडान र सडक बत्ती व्यवस्थापन जस्ता कार्यक्रम अघि सारिएको छ । रोजगारी तथा स्वरोजगारी सिर्जना गरी उद्यमशीलता प्रवर्द्धन गर्ने, विपद व्यवस्थापनमार्फत नदी कटान र डुबान जस्ता जोखिम न्यूनीकरण गर्ने र सेवा प्रवाहलाई छिटोछरितो र सुशासनयुक्त बनाउने जस्ता महत्त्वपूर्ण उद्देश्यहरू बजेटले बोकेको नगर उपप्रमुख संग्रौलाले बताउनु भयो ।

विषादीमुक्त नगर कार्यक्रमलाई निरन्तरता दिँदै नगरपालिकाले कृषिमा आधुनिकरणको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ । विषादीरहित तरकारीको बजार व्यवस्थापन कार्यलाई निरन्तरता दिँदै नगरपालिकाले व्यावसायिक तरकारी उत्पादनतर्फ किसानलाई आकर्षित गर्न न्यूनतम् समर्थन मूल्य अनुदान कार्यक्रमलाई थप पारदर्शी र प्रभावकारी बनाउने नीति अघि सारेको छ ।

बिर्तामोड नगरलाई पशुपंक्षी तथा मत्स्यपालनको क्षेत्रमा बृहत रूपमा विकास गरी दूध, अण्डा, माछा तथा मासुमा आत्मनिर्भर बनाउँदै लैजाने नीति अघि सारिएको नगर प्रमुख प्रसाईले बताउनु भयो ।

बजेटको स्रोत व्यवस्थापन

कुल बजेटको स्रोत जुटाउन नगरपालिकाले विभिन्न क्षेत्रहरू निर्धारण गरेको छ । जसअनुसार संघीय सशर्त कार्यक्रमबाट ७६ करोड ३ लाख, आन्तरिक स्रोतबाट. २१ करोड १४ हजार,संघीय समानीकरण अनुदाबाट. २० करोड ३२ लाख, जग्गा रजिष्ट्रेशनबाट १२ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड ७६ लाख, प्रदेश समानीकरण अनुदानबाट १ करोड ९७ लाख ५२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ४५ लाख, प्रदेश सशर्त कार्यक्रमबाट २ करोड ८० लाख, प्रदेश समपूरक अनुदान १ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

चालु वर्षको समीक्षा
बजेट प्रस्तुत गर्ने क्रममा उपप्रमुख सङ्गौलाले चालु आर्थिक वर्ष २०८१/०८२ को जेठ मसान्त सम्मको आयको यथार्थ विवरण पनि प्रस्तुत गर्नु भएको थियो । चालु आवमा विभिन्न शीर्षकबाट गरी १ अर्ब ५ करोड ४३ लाख ८० हजार ४६१ रुपैयाँ आम्दानी भएको थियो।

वडाको विकासका लागि १० करोड
वडास्तरीय योजना कार्यान्वयनका लागि नगरपालिकाले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विपत् व्यवस्थापनको लागि ५० लाख रुपैयाँ छुट्याइएको छ भने नदीजन्य सामग्री खरिद सङ्कलन गर्नका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
फोहोरमैला व्यवस्थापनका लागि ६० लाख विनियोजन गरिएको उपप्रमुख संग्रौलाले जानकारी दिनुभयो । बिर्तामोड नगर अस्पतालका लागि २ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । १५ शैयाको नगर अस्पतालको भौतिक पूर्वाधार सुधारको काम समेत भइरहेको छ ।
विपन्न बीमा स्वास्थ्य कार्यक्रमका लागि ७० लाख विनियोजन गरिएको छ । कृषि पशुपंक्षी तथा मत्स्य विकासका लागि १ करोड ९३ रुपैयाँ छुट्याइएको छ । नगर खेलकुद कार्यक्रमका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । विपन्न आवास कार्यक्रमका लागि १ करोड रूपैयाँ बजेट व्यवस्थापन गरिएको छ ।


मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापनाका लागि सहलगानी बापत ६७ लाख रुपैयाँ छुट्याइएको छ । प्रशासनिक खर्चमा २२ करोड ५० लाख विनियोजन गरिएको छ । नगर गौरव योजनाका लागि ४ करोड ८३ लाख १० हजार रुपैयाँ छुट्याइएको छ ।

सम्बन्धित खबर