Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा
सोमवार, असार ९, २०८२
बिर्तामोड, ९ असार : बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ।
१६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोपहरू उपलब्ध गराएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
दोस्रो नगरसभाको सातौं अधिवेशनको प्रथम बैठक सम्पन्न भएपछि आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गर्नु भयो ।
नगर पूर्ण खोप सुनिश्चित भएसँगै दशवटै वडाका स्वास्थ्य संस्थाहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ। साथै, २०८२ सालको लागि पनि खोप कार्यक्रमप्रति प्रतिबद्धता जनाउँदै नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा अन्य सम्पूर्ण जनप्रतिनिधिहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ।