Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एसिसी पुरुष यु–१६: नेपालद्वारा जापान ८० रनमा अलआउट
मङ्गलवार, असार १०, २०८२
काठमाडौँ, १० असार : एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ८० रनमा अलआउट गरेको छ ।
मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा जारी खेलमा बाँयाहाते स्पिनर शुभम खनालले पाँच विकेट लिएपछि जपानलाई नेपालले ८० रनमा अलआउट गरेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको जापानले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल बनायो । जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालक लागि शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई छ विकेटले हराएको थियो । ८१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।