Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
कोरोना संक्रमित महिलाको मृत्यु
मङ्गलवार, असार १०, २०८२
झापा, १० असार : कोरोना संक्रमणका कारण उपचाररत एक महिलाको निधन भएको छ। इलामको सुर्योदय नगरपालिका–१० फिक्कलकी ४९ वर्षीया सुनीता लामाको आज नोबेल शिक्षण अस्पताल, बिराटनगरमा मृत्यु भएको हो।
उनी केही दिनअघि ज्वरो लगायतका लक्षण देखिएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन्। स्वास्थ्यमा सुधार नआएपछि असार ८ गते झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल ल्याइएको थियो। सोही अस्पतालमा गरिएको परीक्षणमा असार ९ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उनलाई आज विहाने बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारको क्रममा बिहान ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
मृतकको शव नोबेल अस्पतालमै रहेको र इलाम जिल्ला प्रहरी कार्यालयसँग समन्वय भइरहेको जानकारी प्राप्त भएको छ।
सुरक्षात्मक स्वास्थ्य मापदण्ड पालना गर्दै अन्त्येष्टि प्रक्रिया अघि बढाइएको बताइएको छ।