शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

अर्जुनधारामा वाद्यवादन तथा लोक नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न

बुधवार, चैत २९, २०७९

झापा । अर्जुनधारा नगरपालिकामा तिन महिने वाद्यवादन तथा लोक नृत्य प्रशिक्षण सम्पन्न भएको छ ।
आज बुधबार आयोजित एक कार्यक्रमका विच वडा नम्बर १०मा रहेको पञ्चकन्या सामुदायिक हलमा आयोजित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । अर्जुनधारा नगरपालिकाको आर्थीक सहयोगमा भाषा, कला साहित्य तथा संस्कृति सम्वद्र्वन समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा वडाका ३० जनाको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख वलदेव गोमदेन तामाङले प्रमाण पत्र प्रदान गर्नु भयो । वाद्यवादन तर्फ बिना बानियाँ र लोक नृत्य तर्फ रिना तामाङले लोक नृत्यको प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा वडाअध्यक्ष भुपेन्द्रराज न्यौपाने स्थानिय टोल विकासका प्रतिनिधि, जनप्रतिनिहरुको उपस्थिति रहेको थियो । समाजमा मौलिक बाजा र मौलीक नृत्य हराउँदै गएको अवस्थामा कला संस्कार संस्कृतिको जर्गेनाका लागि यस प्रकारको प्रशिक्षण कार्यक्रम आयोजना गरीएको आयोजक समितिका अध्यक्ष कुल प्रसाद बरालले जानकारी दिनु भयो ।

भाषा, कला साहित्य तथा संस्कृति सम्वद्र्वन समितिले हरेक वर्ष यस प्रकारको तालिम आयोजना गर्दै आएको छ ।

सम्बन्धित खबर