Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिएण्डसीमा पूर्व भारतीय सैनिकका लागि विशेष स्वास्थ्य सेवा सुरु
मङ्गलवार, असार १०, २०८२
बिर्तामोड, १० असार: झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालले अब अवकाशप्राप्त भारतीय सैनिक र उनीहरूको परिवारलाई लक्षित गरी स्वास्थ्य उपचार सेवा सुरु गरेका छन्।
यसअघि सेवा नहुँदा पूर्वसैनिकहरूलाई भारतका विभिन्न अस्पताल तथा धरानसम्म पुगेर उपचार गराउनुपर्ने बाध्यता थियो। अब भने यो सेवा स्थानीयरूपमै सहज र गुणस्तरीय रूपमा उपलब्ध हुने भएको छ।
बिएण्डसी अस्पतालका सूचना अधिकारी प्रमिश गिरीका अनुसार, पूर्वसैनिकको योगदानलाई सम्मानस्वरूप यो सेवा सुरु गरिएको हो। उहाँले उपचारका लागि आउने सैनिक परिवारले धरानस्थित रेफर कार्ड, वा इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित मोबाइल सेन्टरहरूबाट प्राप्त रेफर पत्र ल्याउनुपर्ने बताउनुभयो ।
गिरीले ७० वर्षमाथिका पूर्वसैनिक र तिनका परिवारका सदस्यहरूलाई भने रेफर कार्डको आवश्यकता नपर्ने, अस्पतालको ओपीडी (OPD) र आपत्कालीन सेवा (Emergency) सधैं खुला रहने जानकारी दिँदै, अब एकै छानामुनि सम्पूर्ण उपचार सेवा उपलब्ध हुने बताउनुभयो।