Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बुद्धशान्ति प्रेस क्लबको कार्यालय उद्घाटन
बुधवार, असार ११, २०८२
झापा, ११ असारः बुद्धशान्तिका पत्रकारहरुको छाता संगठन बुद्धशान्ति प्रेस क्लबको कार्यालय उद्घाटन गरिएको छ ।
बुधबार प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको छ ।
उद्घाटन पश्चात प्रमुख अतिथि वाग्लेले एउटा झोलाबाट सुरु गरिएको क्लबले आज व्यवस्थित कार्यालय सञ्चालन गरेर सदस्यहरुलाई क्रियाशील बनाएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहॅंाले कार्यालय सञ्चालन गर्नु मात्रै ठुलो कुरा नभएर नियमित सञ्चालन गर्नु चुनौती रहेको बताउँदै आगामी दिनमा कार्यालय व्यवस्थापनका लागि वडाले गर्न सक्ने सहयोग गर्ने बताउॅंनुभयो ।
कार्यक्रममा प्रेस क्लबका सल्लाहकार संयोजक उमाकान्त खनाल सल्लाहकार सदस्य गंगाराम गड्तौला, टंक काफ्ले विकल्पले शुभकामना मन्तव्य राख्दै संस्थाले गति लिएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा संस्थाले सदस्य परिचयपत्र समेत वितरण गरेको थियो । २०७७ सालमा स्थापना भएको प्रेस क्लबले समय समयमा स्थानीय पत्रकारहरुलाई विभिन्न तालिम दिदै आएको छ ।