Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
नारी सञ्चार गृह झापाको अध्यक्षमा आचार्य सर्वसम्मत
बुधवार, असार ११, २०८२
बिर्तामोड, ११ असार: झापाली महिला सञ्चारकर्मीहरूको साझा संस्था नारी सञ्चार गृह झापाको अध्यक्षमा स्वस्तिका आचार्य सर्वसम्मत रूपमा चयन हुनुभएको छ । आज बिर्तामोडमा सम्पन्न पाँचौ अधिवेशनले आचार्यलाई नयाँ नेतृत्वका लागि सर्वसम्मत रुपमा चयन गरेको हो।
नव-निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा जोत्सना श्रेष्ठ, सचिवमा दिपा सापकोटा, सहसचिवमा टिका पोखरेल र कोषाध्यक्षमा सुनिरा मैनाली चयन हुनुभएको हो ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा विनिशा शर्मा गौतम, किरण हुमागाईं, इशा प्रधान, सञ्जु शिवाकोटी, चन्द्रा भट्टराई, रमा दाहाल, सिर्जना परियार र रञ्जीता खड्का चयन भएका छन्।
यसैबीच, नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा जम्मा रकम ५१ लाख ५१ हजार रुपैयाँ पुगेको छ। २०७५ सालमा सुरु गरिएको यो अक्षयकोषको सुरुवात अम्बिका भण्डारीको अध्यक्षतामा गरिएको थियो। अक्षयकोष पत्रकार महिलाहरूको स्वास्थ्योपचार, लेखनवृत्ति तथा प्रोत्साहनका लागि स्थापना गरिएको हो।