बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बैशाख ३ गते स्थानीय विदा दिने बिर्तामोड नगरपालिकाको निर्णय

बिहिवार, चैत ३०, २०७९

झापा । बिर्तामोड नगरपालिकाले बैशाख ३ गते आइतबार स्थानीय विदा दिने निर्णय गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले सिरुवा पर्वको अवसरमा विदा दिने निर्णय गरेको हो । बैठकले बैशाख ३ गते नियमितरुपमा सिरुवा पर्वको स्थानीय दिने निर्णय गरेको जनाइएको छ।

झापा, मोरङ र सुनसरी जिल्लामा बस्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन् । राजवंशी समुदायले बैशाख १ देखि ३ गतेसम्म सिरुवा पर्व मनाउने गर्दछन् । जसमा पहिलो दिन पानी सिरुवा, दोश्रो दिन कादो सिरुवा र तेश्रो दिन रंग सिरुवा मनाउने गर्दछन् ।यस्तै कार्यपालिकाको बैठकले प्रदेश समपुरक कोषको लागि गोकुल जोशी मार्ग निर्माण सम्बन्धि योजनालाई निरन्तरता दिने, सिटिइभिटीद्वारा सञ्चालित बहुप्राविधिक कलेज सञ्चालनका लागि लक्ष्मी आधारभुत विद्यालय वडा नम्बर ७ को नाममा दर्ता कायम रहेको ३ विगाह १९ कठ्टा १० धुर क्षेत्रफलको जग्गा उक्त कलेज सञ्चालनका लागि ३० वर्षको लागि लिजमा लिने गरि आवश्यक प्रक्रिया अगाडी बढाउने, राजश्व परिचालनलाई व्यवस्थित बनाउन सम्बन्धित वडाका वडाअध्यक्ष वा नीजले तोकेको वडा सदस्यको संयोजकत्वमा बैशाख ५ गतेदेखि घुम्ति सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले बिर्तामोड नगरअस्पतालमा रहेको पुरानो भवन रहेको ठाउँमा नयाँ भवन निर्माण गर्नु पर्ने भएकोले हाल रहेको पुरानो भवनलाई नियमानुसार लिलाम विक्री गर्ने, नगरपालिकाको हाल रहेको प्रशासकीय भवन अपुग भएकोले नयाँ भवन निर्माणका लागि शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागमा प्रस्ताव पेश गर्ने, मदरसा तालिमुल कुरान वडा नम्बर ३ र नगर गौरव भिलेज नयाँ बस्ती वडा नम्बर ७का लागि आगामी आर्थिक वर्षदेखि एक,एक जना वाल विकास शिक्षक उपलव्ध गराई कक्षा सञ्चालन गराउने लगायतका निर्णय गरेको प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो ।

बैठकमा बोल्दै नगर प्रमुख प्रसाईले कार्यपालिकाले गरेका निर्णयहरुलाई उत्तरदायी ढंगले कार्यन्वयन गर्न सबैलाई आग्रह गर्नु भयो । जनताले अनुमोदन गरेर पठाएका जनप्रतिनिधिले प्रक्रियागत ढंगबाट निर्णयलाई अक्षरस पालना गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

कार्यपालिका बैठकमा संघिय सांसद अमृतलाल राजवंशीको पनि उपस्थिति रहेको थियो । बैठकमा बोल्दै सांसद राजवंशीले गतसाल धानमा र यस वर्ष मकै तथा घरहरुमा हावाहुरी तथा असिना पानीले पुर्याएको क्षतिका बारेमा राहतका लागि सदन र सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताउनु भयो । उहाँले बिर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकालाई जोड्ने रिङ्ग रोडको अवधारणालाई अगाडी बढाउन समेत सम्बन्धित मन्त्रालयमा पहल भईरहेको जानकारी दिनु भयो ।

 

सम्बन्धित खबर