Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
रामचोक-कुमालबाडी सडक कालोपत्रे
बिहिवार, असार १२, २०८२
बिर्तामोड, १२ असार : झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित रामचोक-कुमालबाडी सडकको ४ सय ५१ मिटर
क्षेत्रमा कालोपत्रे सम्पन्न भएको छ ।
सघनशहरी विकास मन्त्रालयको भ्याट बाहेक १ करोड ६६ लाख रुपैयाँको प्याकेजमा परेको तीन वटा मध्येको यो सडकको सम्पन्न भएको हो । कनकाई ३ मा रहेको अग्नि एण्ड सन्स निर्माण सेवा प्रा.लिले प्याकेजमा लिएको काम धमाधम गर्दैछ ।
यो योजना अन्तर्गत नगरको वडा नम्बर ८ स्थित देउनियाबाट सेन्टजेभियर्स जाने सडकमा ड्रेन निर्माणको काम धमाधम हुँदैछ । सडकको १सय २० मिटर क्षेत्रमा दुवै साइडमा ड्रेन निर्माण भईरहेको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो ।
यहि योजनामा परेको वडा नम्बर ४ स्थित नेकपा एमाले पार्टी कार्यालय अगाडि अदुवा खोला करीडोरको २ सय ३८ मिटर क्षेत्रमा तटवन्धको काम भईरहेको छ । यहाँ तटवन्धसंगै बाटोमा पेवर्स पनि लगाइने जनाईएको छ ।
निर्माणधिन योजनाको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले अनुगमन गर्नु भएको छ ।