Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
गाजामा २४ घण्टामा ७९ मारिए, इरानमा १२ दिनको आक्रमणमा ६२७ को मृत्यु
बिहिवार, असार १२, २०८२
गाजा , १२ असार : स्वास्थ्य मन्त्रालय गाजाका अनुसार, पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा परी कम्तीमा ७९ जनाको मृत्यु भएको र झण्डै ४ सय जना घाइते भएका छन्। मृत्युको सङ्ख्या अझै बढिरहेको जनाइएको छ।
जानकारी अनुसार, कब्जामा रहेको पश्चिमी तटको रामल्लाहको उत्तर–पूर्वमा पर्ने काफर मालेकमा इजरायली बस्तीबासीकर्ताहरू (सेटलर) द्वारा गराइएको आक्रमणमा कम्तीमा तीन जना प्यालेस्टिनी मारिएका छन् भने कैयौं घाइते भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्रायल–इरान युद्धविराम कायम रहँदा अमेरिकी तथा इरानी अधिकारीहरूबीच अर्को साता वार्ता हुने बताएका छन्।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणका १२ दिनमा कम्तीमा ६२७ जनाको मृत्यु भएको छ भने ४,८७० भन्दा बढी घाइते भएका छन्। इजरायलमाथि इरानले गरेका आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको बताइएको छ।
गाजामा जारी इजरायली युद्धले हालसम्म कम्तीमा ५६,१५६ जनाको ज्यान लिएको र १,३२,२३९ जनालाई घाइते बनाएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत अक्टोबर ७ मा भएको हमलामा इजरायलमा अनुमानित १,१३९ जनाको मृत्यु भएको र २०० भन्दा बढी व्यक्तिहरूलाई बन्धक बनाइएको थियो।