शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिनेः जुन्टा प्रमुख

बिहिवार, असार १२, २०८२

याङ्गुन, १२ असारः म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन गर्ने योजना बनाएको बताउनुभएको छ ।

सन् २०२१ मा म्यान्मारको नागरिक सरकारलाई सत्ताच्युत गरेको सेनाले निर्वाचन गर्ने तयारी भइरहेको जनाएको हो । निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएपछि म्यान्मामा सेनाप्रति बफादार (जुन्टा) सरकार र प्रजातन्त्र र स्वतन्त्रताका लागि सङ्घर्षरत दल तथा समूहबीच गृहयुद्ध निम्त्याएको थियो । जुन्टा सरकारले शान्तिको मार्गको रूपमा आफ्नो चुनावी योजनालाई अगाडी सारेको हो ।

पूर्ववर्ती सरकारका सदस्यहरू थुनिएका, विपक्षी समूहहरूले मतदान बहिष्कार गर्ने र जुन्टा विरोधी विद्रोहीहरूको नियन्त्रणमा रहेको देशको विशाल भूभागमा जुन्टा सरकारको नेतृत्वमा निष्पक्ष निर्वाचन असम्भव भएको पर्यवेक्षकहरूले बताएका छन् भने विपक्षी समूहहरूले निर्वाचन बहिष्कार गर्ने बताइरहेका छन् ।

म्यान्माको सरकारी अखबार ‘द ग्लोबल न्यू लाइट अफ म्यान्मार’का अनुसार जुन्टा प्रमुख मिन आङ ह्लाइङले बुधबार राजधानी नेपिडोमा आयोजित एक सम्मेलनमा ‘यस वर्षको डिसेम्बर र अर्को वर्षको जनवरीमा निर्वाचन हुने’ बताउनुभएको हो । जुन्टाले चरणबद्ध रूपमा निर्वाचन गर्ने योजना बनाएको छ वा छैन भन्ने स्पष्ट भएको छैन ।

बुधबार म्यान्मारको मानवअधिकार स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक टम एन्ड्रुजले जुन्टाले ‘वैध नागरिक सरकार निर्माण गर्ने चुनावी अभ्यासको यो मृगतृष्णा सिर्जना गर्न खोजेको’ बताउनुभएको छ ।

जेनेभामा पत्रकारहरुसँग कुरा गर्दै एन्ड्रुजले भन्नुभयो, “जब कुनै प्रशासनले आफ्ना विरोधीहरुलाई कैद, यातना र मृत्युदण्ड दिन्छ, पत्रकारको हैसियतमा सत्यको पक्षमा रिपोर्टिङ गर्नु गैरकानुनी बन्छ । म्यान्मामा जुन्टाको आलोचना गर्नु गैरकानुनी हुन्छ र यस्तो अवस्थामा चुनाव हुन सक्दैन ।”

हालैका महिनाहरूमा प्रजातन्त्र समर्थक समूह र शक्तिशाली जातीय सशस्त्र सङ्गठनहरूले जुन्टा प्रशासनको हस्तक्षेपबाट क्षेत्रीयरूपमा क्षति बेहोरेका छन्। विश्लेषकहरूका अनुसार चीन र रुसको सैन्य समर्थनले उसलाई हारबाट जोगाइराखेको छ, तर देशको ठूलो क्षेत्र जुन्ताद्वारा आयोजित कुनै पनि लोकतान्त्रिक अभ्यासको पहुँचभन्दा बाहिर हुनेछ।

निर्वाचनको तयारीका लागि गत वर्ष गरिएको जुन्टा जनगणनाले देशको पाँच करोड १० लाख जनसङ्ख्यामध्ये एक करोड ९० लाखको तथ्याङ्क सङ्कलन गर्न नसकेको स्वीकार गरेको थियो ।

“हामी अहिले चुनावलाई सकेसम्म निष्पक्ष र व्यापकरूपमा सम्पन्न गर्न आवश्यक तयारी गरिरहेका छौं,” म्यान्मारको ग्लोबल न्यू लाइट सम्मेलनमा आफ्नो लिखित भाषणमा जुन्टा प्रमुख मिन आङ ह्लाइङले भन्नुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा महत्वपूर्ण कुरा, निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्छ ।”

सम्बन्धित खबर