बुधवार, साउन ७, २०८२
Nayapaper | अनलाइन पत्रिका

पाँचथरको फिदिममा शंकास्पद वस्तु फेला

शुक्रवार, असार १३, २०८२

झापा, १३ असारः पाँचथरको फिदिममा शंकास्पद वस्तु फेला परेको छ।

हिजो साँझ करिब ६:५० बजे फिदिम नगरपालिका–६, शिवामा बसोबास गर्ने ४० वर्षीय भुपाल तुम्रोकको दुईतले ढुङ्गा-माटोको गारो र जस्ताको छानो भएको घरको माथिल्लो तल्लामा रहेको गारो सेप्टीमा ग्रिनेडजस्तै देखिने गोलो आकृतिको शंकास्पद वस्तु फेला परेको हो।

घटनाबारे जानकारी पाउनेबित्तिकै आज बिहान वीर दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ पठाइएको प्रहरी स्रोतले जनाएको छ

सम्बन्धित खबर