काठमाडौँ १३ असारः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा आजै बेलुका सार्वजनिक गर्ने तयारी गरेको छ । बेलुका ५ बजे बोर्ड बैठक बोलाइएको छ । त्यसलगत्तै नतिजा सार्वजनिकको तयारी गरिएको छ ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले भन्नुभयो, “एसईई नतिजाको अन्तिम तयारी पूरा भएको छ । बेलुका ६ बजे बोर्ड बैठक बोलाइएको छ । बोर्ड बैठकले जे निर्णय गर्छ त्यही हुन्छ ।”
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए ।


