Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एसईईको नतिजा साढे ५ बजे प्रकाशित हुने
शुक्रवार, असार १३, २०८२
काठमाडौँ १३ असारः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा आजै बेलुका सार्वजनिक गर्ने तयारी गरेको छ । बेलुका ५ बजे बोर्ड बैठक बोलाइएको छ । त्यसलगत्तै नतिजा सार्वजनिकको तयारी गरिएको छ ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले भन्नुभयो, “एसईई नतिजाको अन्तिम तयारी पूरा भएको छ । बेलुका ६ बजे बोर्ड बैठक बोलाइएको छ । बोर्ड बैठकले जे निर्णय गर्छ त्यही हुन्छ ।”
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए ।