Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
उर्जामन्त्री खड्का र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासकबीच भेट
शुक्रवार, असार १३, २०८२
काठमाडौँ, १३ असारः ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक वाङ होङजीबीच भेटवार्ता भएको छ ।
चीनको जेझियाङ प्रान्तको निङ्बो शहरमा आयोजना गरिएको शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को सदस्य राष्ट्रको ऊर्जामन्त्रीस्तरिय बैठकको अवसर आज मन्त्री खड्काले चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक होङजीसँग भेटवार्ता गर्नुभएको हो ।
भेटवार्ताको क्रममा मन्त्री खड्काले चीन सरकारले आयोजना गरेको शाङ्घाई सहयोग सङ्गठन (एससिओ)का सदस्य राष्ट्रका वैठकले नेपालको ऊर्जा क्षेत्रको विकासमा समेत सहयोग पुगेको भन्दै ऊर्जामन्त्रीस्तरिय बैठक सफल आयोजनाका लागि चीन सरकारलाई बधाई तथा धन्यवाद दिनुभयो ।
भेटमा नेपाल-चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र ऊर्जा क्षेत्रको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सौहार्दपूर्ण छलफल भएको ऊर्जामन्त्रीसँगै सहभागी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सागरराज गौतमले जानकारी दिनुभयो ।
भेटमा चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक होङजीले नेपालको ऊर्जा पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्न चीन सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।