Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
विराटनगरमा वृद्धको झोलाबाट नगद चोरी गर्ने भारतीय महिला पक्राउ
शुक्रवार, असार १३, २०८२
विराटनगर, १३ असारः सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने वृद्ध तथा असहाय व्यक्तिलाई लक्ष्य बनाई नगद र गरगहना चोरी गर्दै आएको भारतीय महिलाको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले कटहरी गाउँपालिका–१, बुधहाट क्षेत्रबाट तीन जना भारतीय महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारतको बिहार राज्यअन्तर्गत पूर्णिया जिल्लाकी २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी रहेका छन्।
उनीहरू बिहीबार दिउँसो सिटी सफारीमा चढेर विराटनगरबाट कटहरीतर्फ जाँदै गर्दा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट तीन लाख नगद फेला परेको थियो।
प्रहरी अनुसन्धानका क्रममा ती महिलाहरूले कटहरी–४ निवासी ७० वर्षीय नारायणप्रसाद काफ्लेको झोलाबाट पैसा चोरी गरेको स्वीकारेका छन्। काफ्ले उपचारपछि घर फर्किँदै गर्दा चोरीमा परेका थिए।
हाल जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।