Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पूर्वेलीले फेरि थप्यो दुईवटा ट्रक
शुक्रवार, असार १३, २०८२
बिर्तामोड, १३ असार : पूर्वेली ढुवानी सेवा प्रा.लि.ले आफ्नो व्यवसायलाई थप सुदृढ बनाउने उद्देश्यले थप दुईवटा ट्रक भित्र्याएको छ। कम्पनीका सञ्चालक निर्मलराज खत्रीका अनुसार, ढुवानी क्षेत्रमा माग र विस्तारलाई ध्यानमा राख्दै ट्रकको संख्या विस्तार गरिएको हो।
गत जेठ ३० गते पनि पूर्वेलीले दुईवटा ट्रक खरिद गरेको थियो। आइएमई मोटर्सको आधिकारिक विक्रेता चारपानेबाट अशोक लेल्यान्डको २५२३ BS-IV मोडलका दश चक्के दुईवटा ट्रक खरिद गरिएको सञ्चालक खत्रीले जानकारी दिनुभयो।
आज आयोजित एक संक्षिप्त कार्यक्रममा कम्पनीका रिजनल सेल्स म्यानेजर सुशील दाहालले सञ्चालक खत्रीलाई ट्रकको चाबी हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा व्यवसायी रेनुका लिम्बु खत्री, हरिकेशर बस्नेत, व्यवसायी तथा समाजसेवी रमिला पौडेल लगायतको उपस्थिति रहेको थियो। सञ्चालक खत्रीले निकट भविष्यमा थप ट्रकहरू ल्याउने प्रक्रिया पनि अगाडि बढिरहेको बताउनुभयो। “हाम्रो लक्ष्य ग्राहकलाई समयमै गुणस्तरीय सेवा प्रदान गर्नु हो,” खत्रीले भन्नुभयो।
यो विस्तारले पूर्वेली ढुवानी सेवालाई कोशी प्रदेशको ढुवानी क्षेत्रमा अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।