Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
नारी सञ्चार गृह झापाको अक्षयकोषमा आचार्य दम्पतीको सहयोग
शुक्रवार, असार १३, २०८२
बिर्तामोड, १३ असारः नारी सञ्चार गृह झापाले स्थापना गरेको 'नारी प्रोत्साहन 'अक्षयकोषमा दाताहरूबाट सहयोग जुट्ने क्रम जारी छ।
सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा साहित्यकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष केशव आचार्य र शारदा आचार्यले २१ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।
सञ्चार गृहकी अध्यक्ष रेजिना गौतम, निवर्तमान अध्यक्ष भिमा शिवाकोटी र अक्षयकोष बृद्वि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठलाई विर्तामोड ३ स्थित आफनै निवासमा आचार्य दम्पतीले सो रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।
सञ्चार गृहले बैशाख महिनाको पहिलो साता नै दाता महानुभावहरुको सहयोगबाट ५० लाख पाँच हजार पाँचसय ५५ रुपैयाँको एकमुष्ठ अक्षयकोष राखिसकेको छ । सो पश्चात् दातामहानुभावहरूले नै कोषलाई करोड पुर्याउनु पर्ने सुझावसहित प्रोत्साहन गर्दै सहयोग जुट्ने क्रम निरन्तरता जारी छ ।
संस्थाले गत जेठ २६ गते सम्मानीय पूर्व राष्ट्रपति विधा देवी भण्डारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी ५० लाख रूपैयाँको कोष घोषणा समेत गरिसकेको छ ।
त्यसयता कोषमा १ लाख बढी संकलन भइसकेकाे छ भने पूर्व घोषित एकलाख २० हजार रकमसहित दुईलाख २६ हजार छ सय रुपैयाँ रकमको आधार बनिसकेको कोषकी संयोजक जोस्ना श्रेष्ठले जानकारी दिनुभयो।