आइतवार, वैशाख १३, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडमा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

शनिवार, असार १४, २०८२

बिर्तामोड, १४ असार : बिर्तामोडमा लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । नगरपालिकाको सहभालहमा आज ‘डेङ्गीसहित विभिन्न किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न सरोकारवालासंग अभिमुखीकरण’ कार्यक्रम आयोजना गरी उक्त अभियानको सुरुआत गरिएको हो ।

नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले अभियानको शुभारम्भ गर्दै रोग लाग्नुभन्दा लाग्न नदिने वातावरण सिर्जना गर्न सबैले सहकार्य र समन्वय गरी सचेत हुनुपर्ने बताउनुभयो । नगर क्षेत्रमा रहेका सहकारी, बैंकलगायत सङ्घसंस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत महामारीजन्य रोग नियन्त्रण सहकार्य गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।बिर्ता बजार क्षेत्रमा रहेका मोटरसाइकल ग्यारेज, पसललगायत सम्भावित स्थानमा गएर लार्भा नष्ट गरिएको छ । अभिमुखीकरण कार्यक्रममा नगरका १० वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रलाई महामारीजन्य रोग नियन्त्रणका लागि ‘पोर्टेबल महामारी किट’ वितरण गरिएको नगर उपप्रमुखसमेत रहनुभएका सङ्ग्रौलाले जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जलवायु  परिवर्तनका कारण डेङ्गी सङ्क्रमण पुसमा देखिएकाले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै लाग्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

पत्रकार महासङ्घ झापाका उपाध्यक्ष सुब्रत न्यौपानले डेङ्गी नियन्त्रणका लागि विद्यालयस्तरबाट अभियान सञ्चालन गरेर विद्यार्थी र अभिभावकलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।अभिमुखीकरण कार्यक्रममा नगरका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अजय पौडेलले प्रस्तुतीकरण दिँदै मनसुन सुरु भएसँगै किटजन्य महामारीको सङ्क्रमण उच्च हुने भएकाले सम्भावित जोखिमबाट बच्न सबै सचेत हुनुपर्ने बताउनुभयो ।

“अन्य किटभन्दा लामखुट्टेको जोखिम बढी छ”, उहाँले भन्नुभयो, “छ प्रकारका रोग लामखुट्टेले सार्छ, यसको समयमा नियन्त्रण गर्न सकिएन भने छोटो समयमा महामारीका रूपमा फैलिन सक्छ ।” बिर्तामोडमा पाँच वर्षयता मलेरिया नदेखिएको जनाउँदै जनस्वास्थ्य निरीक्षक पौडेलले कालाजार र जापानिज इन्सेफ्लाइटिसका बिरामी एक/एक जना भेटिएका उल्लेख गर्नुभयो ।

बिर्तामोड नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका महामारीजन्य रोग नियन्त्रण रोकथाम कार्यक्रमका फोकल पर्सन ओम खड्काका अनुसार बिर्तामोडमा चालुआर्थिक वर्षमा ५४, दमक नगरपालिकामा एक र गौराहद नगरपालिकामा ६ जना सङ्क्रमित फेला परेका हुन् ।

“बिर्तामोडमा डेङ्गी सङ्क्रमण उच्च देखिएको छ”, उहाँले भन्नुभयो, “यहाँ अन्य जिल्लाबाट उपचारका लागि आउने बिरामीको परीक्षण गर्दा सङ्क्रमणदर उच्च देखिएको हो ।” जिल्लामा चालु आर्थिक वर्षको असार १३ गतेसम्म एक हजार दुई सय ९१ जना डेङ्गी सङ्क्रमित फेला परेका खड्काले जानकारी दिनुभयो ।

बिर्तामोडमा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ। गत वैशाखदेखि असार १३ गतेसम्म जिल्लामा ६१ जनामा डेङ्गी सङ्क्रमण देखा परेको हो ।


के हो डेङ्गी ?

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी एक प्रकारको ज्वरो हो । यसले स–साना सफा पानी जमेको स्थानमा फूल पार्ने गर्दछ । डेङ्गीको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ ।

“ज्वरोका साथै असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माङ्सापेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्नेलगायतका लक्षण देखापर्न सक्छन्”, जनस्वास्थ्य निरीक्षक पौडेलले भन्नुभयो । यस्ता लक्षण देखापरेमा तत्काल चिकित्सकको सल्लाह लिई स्वास्थ्य परीक्षण गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

सम्बन्धित खबर