मङ्गलवार, साउन ६, २०८२
Nayapaper | अनलाइन पत्रिका

बिर्तामोडमा अन्तरविद्यालय बौद्धिक तथा सांगीतिक प्रतिभा प्रदर्शन सम्पन्न

शनिवार, असार १४, २०८२

बिर्तामोड, १४ असार : बिर्तामोडमा अन्तरविद्यालयस्तरीय बौद्धिक प्रतिभा प्रदर्शन तथा बालगीत गायन प्रतियोगिता सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

बालगीत गायन प्रतियोगितामा अनुस्का नेपाली (लक्ष्मी नारायण आधारभूत विद्यालय ) प्रथम, अनुस्का राई (महेन्द्र रत्न माध्यमिक विद्यालय) द्वितीय, अस्मिता गुरुङ (विराट आधारभूत) तृतीय र सिम्रन खड्का (न्युटन ई. एकाडेमी), रिया हस्दा ( शहिद लक्ष्मी )शान्त्वना भएका छन् ।

यसैगरी कागजका सामग्री बनाउने प्रतियोगितामा किरण कुमार माङ्मु (जनता आ.वि.) प्रथम, आरती वेस्रा (शुक्रराज अ.वि.) द्वितीय, आशिष मर्डी (मोहमाया मा.वि)- तृतीय र अन्स कुमार कानु (एभरेष्ट स्मार्ट एकेडेमी), निवा थेबे (न्युटन्स एजुकेशन एकेडेमी) सान्तवना भएका छन् ।

यस्तै भेल्वेट डोरीबाट नाम्लो, दाम्लो बाट्ने प्रतियोगितामा चन्द्रकला घिमिरे (लक्ष्मी आ.वि) प्रथम, नग्मा खातुन (देवी मा.वि) द्वितिय, अर्जुन मिश्र ( सांगवेद सं. मा.वि) तृतीय र विमल राजवंशी ( अनारमनी आ.वि) , रितिमा राई ( वाल्मिकी ई. स्कुल) सान्तवना भएका छन् ।

यसैगरी कथा लेखन र वाचन प्रतियोगितामा अनुराग सिंह भण्डारी (एममिटी इङ्लिस स्कुल) प्रथम, रुपन्दन सिटौला (न्युटन एकाडेमी) द्वितिय, क्रिस्टिना ढुंगेल (ग्लोरी ई. बो ) तृतीय र कृतिका मैनाली (दुर्गा मा.वि), नैना सेख ( बाल्मिकी अंग्रेजी स्कुल) सान्तवना भएका छन् ।

यस्तै आवाज नक्कल गर्ने प्रतियोगितामा
विशाल अधिकारी (शुक्रराज मा.वि) प्रथम, जेनिश मैनाली ( देवी मा.वि) द्वितिय, दिवाकर पौडेल ( सांगवेद संस्कृत मा.वि) तृतीय र प्रोसेश कुमार शाह (मनमाया मा.वि), रुद्र ओढारी ( दुर्गा मा.वि ) सान्तवना भएका छन् ।

विजयी सबै प्रथम, द्वितिय र तृतीय विद्यार्धीहरुलाई क्रमश ५ हजार, ४ हजार, ३ हजार र दुई/ दुई हजारसहित प्रमाण पत्र प्रदान गरिएको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिनुभयो ।

यस प्रकारका प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक, रचनात्मक तथा कलात्मक प्रतिभालाई निखार्न मद्दत पुर्याउने विश्वास लिइएको कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताउनु भयो ।

सम्बन्धित खबर