बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड २ मा खेलकुद महोत्सव सम्पन्न, फुटवल खेल वडा नम्बर ८ ले जित्यो

शनिवार, वैशाख २, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ को वडा खेलकुद बिकास समितिले आयोजना गरेको ‘खेलकुद महोत्सब’ अन्तर्गत फुटबल प्रतियोगितामा वडा न–८ ले उपाधी हासिल गरेको छ ।
साविक चारपाने गाविस वडा नम्बर ७ लाई ०–३ गोल अन्तरले पराजित गर्दै वडा न–८ ले उपाधी हात पारेको हो । उपाधीसँगै बिजेता टिमले नगद १५ हजार रुपैयाँ पुरस्कार र ट्रफी प्राप्त गर्यो । फाइनल प्रतिष्पर्धामा पुगेको वडा न ७ ले १० हजारमा चित्त बुझायो । अनुशासित टिम वडा न ६ भयो । उसले नगद ५ हजार रुपैयाँ पुरस्कार पायो । अन्य ब्याक्तिगत पुरस्कारमा वडा न ८ नै हावी भयो ।
फुटबलको महिला टिम अन्तर्गत सगरमाथा समुहले जित हासिल गरेको छ । सगरमाथा समुहले पाथिभरा समुहलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पाथिभरा समुहलाई हराउँदै जित हात पारेको हो । निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । बिजेता टिमले ३ हजार र उपबिजेता टिमले २ हजार पुरस्कार पाए ।
महोत्सब अन्तर्गत भएको भलिबल प्रतियोगितामा साविक वडा नम्बर ४ ले जित हाँसिल गरेको छ । वडा नम्बर ५ लाई पराजित गर्दै ४ ले उपाधि हात पारेको हो । उपाधीसँथगै वडा न ४ ले नगद १५ हजार पुरस्कार र ट्रफी प्राप्त गर्यो । उपबिजेता ५ ले १० हजार रुपैंयाँ प्राप्त गर्यो ।


क्रिकेट प्रतियोगिताको उपाधी वडा न ४ ले नै हात पार्यो । क्रिकेट प्रतियोगिताको उपाधीको दावेदार मानिएको वडा न ३ ले उपबिजेताका रुपमा चित्त बुझायो । वडा न ४ ले नगद १५ हजार रुपैयाँ तथा उपबिजेता ३ ले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।


बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमममा अर्जुनधारा नगरपालिकाका मेयर बलदेबसिंह गोम्देन, बिर्तामोडका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला,बिर्तामोड २का वडाअध्यक्ष किशोर पौडेलको बिषेश आतिथ्यता रहेको थियो । वडा खेलकुद बिकास समितिका अध्यक्ष कमला लिम्बुले नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताइन । उनले वडास्तरबाट खेलकुदको यस प्रकारको गतिविधि हुन सकेमा खेललाई ब्यवसायिकता दिन सकिने धारणा राखिन् । कार्यक्रमको सञ्चालन सुनिता तामाङले गरेकी थिइन् ।  

सम्बन्धित खबर