Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
मोटरसाइकल एकापसमा ठोक्किदा बाबुछोरासहित तीनको मृत्यु
आइतवार, असार १५, २०८२
सुनसरी, १५ असारः सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई घाइते अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया श्रीमती प्रतीक्षा र बिन्दु यादवसँग सवार इटहरी–७ निवासी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन् । उनीहरूको धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।