Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा एकै घरका तीन दिदीबहिनीलाई पूर्ण अशक्तताको रातो कार्ड वितरण
आइतवार, असार १५, २०८२
बिर्तामोड, १५ असार : बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित बुद्ध टोलका एकै घरका तीन जना दिदीबहिनीलाई बहुअपाङ्गता (पूर्ण अशक्तता) को आधारमा रातो कार्ड प्रदान गरिएको छ।
नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले आज उनीहरूको घरमै पुगेर मनकुमारी शेर्माका छोरीहरू १७ वर्षीया आकृति लिम्बु, ईक्सा लिम्बु र ईन्तुसा लिम्बुलाई गम्भीर अवस्थाको मूल्यांकन गरी पूर्ण अशक्तता प्रमाणित गर्ने रातो कार्ड हस्तान्तरण गर्नुभएको हो । तीमध्ये ईन्तुसा ओछ्यानबाट उठ्नसमेत नसक्ने अवस्थामा रहेकी छन्।
नगर उपप्रमुख संग्रौलाले उनीहरूको उपचारका लागि आवश्यक पहल गर्ने बताउनु भयो । यसअघि, गत वैशाख २२ गते जिल्ला प्रशासन कार्यालय झापाको टोलीले समेत उनीहरूकै घरमा पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरेको थियो।
रातो कार्ड वितरण कार्यक्रममा नगर उपप्रमुख संग्रौलासँगै महिला विकास अधिकृत पुष्पा कार्की, युगकुमारी भट्टराई, समुदायमा आधारित पुनःस्थापना सहजकर्ता सन्तोष तिम्सिना, सरस्वती गौतम, कञ्चन बाँस्कोटा लगायतको उपस्थिति रहेको थियो।