शनिवार, फागुन ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सभामुखको पहलमा बिर्तामोडमा २५० परिवारलाई झुल वितरण

सोमवार, असार १६, २०८२

बिर्तामोड, १६ असार: बिर्तामोड नगरपालिका–३ का चार वटा सुकुम्बासी टोलमा मच्छरजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न २५० भन्दा बढी परिवारलाई निःशुल्क मच्छरदानी (झुल) वितरण गरिएको छ। सभामुख देवराज घिमिरेको पहलमा सञ्चालित यो कार्यक्रम टिका घिमिरेको संयोजनमा तथा स्थानीय वडाको सहकार्यमा सम्पन्न भएको हो।

मच्छरदानी वितरण कार्यक्रम करेलाबारी टोल, चौसठ्ठीकाली टोल, प्रगती नगर टोल, र अन्य एक टोलका सुकुम्बासी बस्तीमा लक्षित गरिएको थियो। लामखुट्टेबाट सर्ने डेंगु, मलेरिया लगायतका रोगहरूको बढ्दो संक्रमणको सम्भावनालाई ध्यानमा राखी झुल वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै टिका घिमिरेले भन्नुभयो, “हामी कुनै दातामार्फत ल्याएको सानो सहयोग तपाईंहरू सम्म ल्याउन सफल भएका छौं। यो सहयोगले ठूलो महत्व राख्ला भन्ने त छैन, तर यस्ता बस्तीहरूमा प्रत्यक्ष रूपमा पुग्न पाउँदा मलाई आत्मिक सन्तुष्टि भएको छ।” उहाँले स्वास्थ्य र सरसफाइप्रतिको जनचेतना अभिवृद्धिमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

वडाका सदस्य हरि बास्कोटाका अनुसार बिर्तामोड–३ अन्तर्गतका चार टोलमा रहेका २५० भन्दा बढी परिवारलाई निःशुल्क झुल वितरण गरिएको हो। “डेंगु र मलेरियाको संक्रमण बढ्दो क्रममा रहेको यो समयमा यस्तो सानो प्रयासले पनि ठूलो राहत दिन सक्छ,” उहाँले बताउनुभयो । सभामुख देवराज घिमिरेको सहजीकरण र टिका घिमिरेको सक्रियता बिना यस्तो कार्यक्रम सम्भव नहुने भन्दै उनले दुवैलाई विशेष धन्यवाद दिनुभयो।

झुल पाएपछि बस्तीका धेरै परिवारहरू उत्साहित देखिए। स्थानीयवासी तेजबहादुर परियारले भने, “हामी जस्ता सुकुम्बासीका लागि यस्तो स्वास्थ्य सामग्री पाउनु नै ठूलो कुरा हो। बच्चाहरूलाई मच्छरले टोक्ने डर हुन्थ्यो, अब केही सजिलो हुने भयो। यस्तो सहयोग निरन्तर मिल्न सके अझ राम्रो हुने थियो।”

कार्यक्रमका आयोजक हिमाल मैनालीले यस्तो किसिमको सहायक सामग्री वितरण कार्य भविष्यमा अन्य वडाका विपन्न बस्तीहरूमा पनि विस्तार गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य सामग्रीको पहुँच नपुगेका बस्तीहरूमा झुलजस्ता साधनले धेरै असर पार्न सक्छ। हामीले यो अभियानलाई निरन्तरता दिनेछौं।”

कार्यक्रममा स्थानीय समाजसेवी सुभास भट्टराइ, कोसिस घिमिरे, श्री न्यौपाने लगायत अन्य सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

सम्बन्धित खबर