Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता: आइओएम
सोमवार, असार १६, २०८२
अफगानिस्तान, १६ असार: जुन महिनामा दुई लाख ३० हजारभन्दा बढी अफगानीले उनीहरूलाई स्वदेश फर्किन दिइएको निर्देशन अनुसार इरान छोडेका छन् । तीमध्ये अधिकांशलाई निर्वासित गरिएको हो भने उनीहरू तेहरानको निर्धारित समयसीमा अघि फिर्ता हुने क्रम बढेको संयुक्त राष्ट्रसङ्घको आप्रवासन मामिला हेर्ने निकायले सोमबार बताएको छ ।
जुन महिनाको २८ गते सम्म दुई लाख ३३ हजार ९४१ व्यक्तिहरू इरानबाट अफगानिस्तान फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङंगठनका प्रवक्ता अवन्द अजिज अघालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
सन् २०२५ जनवरीदेखि जुन २८ सम्म छ लाख ९१ हजार ४९ जना मानिसहरू फर्केको र उनीहरुमध्ये ७० प्रतिशतलाई जबरजस्ती फिर्ता पठाइएको उहाँले बताउनुभयो । अफगानीहरूले बढ्दो निर्वासन र मे महिनामा इरानले घोषणा गरेको जुलाई ६ सम्मको समयसीमाका कारण पछिल्लो समयमा स्वदेश फर्कनेहरूको सङ्ख्या बढेको जनाइएको छ ।
गत हप्ताको धेरै दिनसम्म यो सङ्ख्या दैनिक ३० हजारको हाराहारीमा रहेको आइओएमले जनाएको छ । हालको फिर्ता दरको दैनिक तथ्याङ्क लगभग छ देखि सात हजार रहेकोमासमयसीमा अघि नै सङ्ख्या बढ्ने अपेक्षा गरेको संयुक्त राष्ट्रसङ्घ र तालिबानका सीमा अधिकारीले जनाएका छन् ।