बिहिवार, असार २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

इलाममा दुई बालिकामाथि यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ

सोमवार, असार १६, २०८२

इलाम, १६ असार: इलामको माई नगरपालिका–२ निवासी ५२ वर्षीय खेमराज ढकालमाथि दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ।

ढकाल स्थानीय हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी स्कुलका संस्थापक तथा शिक्षक समेत हुन्। ११ र १४ वर्षीया दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएका थिए। उक्त उजुरीपछि प्रहरीले गए राति ढकाललाई उनको घरबाट पक्राउ गरेको हो।

पक्राउपछि सदरमुकाम लगिएका ढकालमाथि प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो। उनका अनुसार, अदालतबाट म्याद थप गराई घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार, ढकाल नेकपा (एमाले) जिल्ला कमिटी सल्लाहकार परिषद सदस्य, बुद्धिजीवी परिषद जिल्ला सदस्य, माई नगरपालिका–१३ का इलाका सचिव तथा माई नगरपालिका शिक्षा समिति सदस्यको जिम्मेवारीमा समेत रहेका छन्।

सम्बन्धित खबर