शुक्रवार, असार २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

‘गोबर गणेश’ निर्माण गर्दै बल्छी धुर्वे

मङ्गलवार, असार १७, २०८२

काठमाडौं , १७ असार कलाकार र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)ले चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गर्नुभएको छ । ‘गोबर गणेश’लाई मरिचमानले नै निर्देशन गर्नेछन् ।

चलचित्र माघ १ गते रिलिज हुनेछ । मरिचमानको यो डेब्यु निर्देशन हुनेछ । अभिनेत्रीमा वर्षा सिवाकोटीको मुख्य अभिनय रहेको चलचित्रमा अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायत हुनुहुन्छ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बन्नुभएको उहाँ पछि आफैँ टेलिचलचित्र निर्देशनमा आउनुभएको थियो । उहाँका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ हुन् ।

सम्बन्धित खबर