Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
‘गोबर गणेश’ निर्माण गर्दै बल्छी धुर्वे
मङ्गलवार, असार १७, २०८२
काठमाडौं , १७ असार कलाकार र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)ले चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गर्नुभएको छ । ‘गोबर गणेश’लाई मरिचमानले नै निर्देशन गर्नेछन् ।
चलचित्र माघ १ गते रिलिज हुनेछ । मरिचमानको यो डेब्यु निर्देशन हुनेछ । अभिनेत्रीमा वर्षा सिवाकोटीको मुख्य अभिनय रहेको चलचित्रमा अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायत हुनुहुन्छ।
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।
‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बन्नुभएको उहाँ पछि आफैँ टेलिचलचित्र निर्देशनमा आउनुभएको थियो । उहाँका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ हुन् ।