शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बैंक तथा वित्तीय संस्थामा रोजगारी निकै चुनौतीपूर्ण : पूर्वगभर्नर नेपाल

शनिवार, वैशाख २, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले व्यवस्थापन विषयको अध्ययन र बैंक तथा वित्तीय संस्थामा रोजगारी निकै चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहनुभएका पूर्वगभर्नर नेपालले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको प्रभावले चुनौती थपिएको उल्लेख गर्नुभयो । उडान शैक्षिक केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले क्रिप्टोकरेन्सी (डिजिटल करेन्सी)को प्रभाव बढेकाले यो क्षेत्रमा चुनौती थपिँदै गएको बताउनुभयो ।

“बैंकिङ क्षेत्रको जागिर संसारमा सबैभन्दा चूनौतीपूर्ण बनेको छ”, उहाँले भन्नुभयो, “बङ्गलादेशको बैंकबाट फ्लटहरुले डिजिटलको माध्यमबाट पैसा निकाले घटनाहोस् वा अन्य किसिमका गतिविधि किन नहुन्, चूनौतीपूर्ण बनिरहेको छ ।” उहाँले कुनै पनि क्षेत्रमा व्यावसायिक सफलताका लागि अध्ययन र व्यावसायिक योजना जरुरी रहेको खाँचो औँल्याउनुभयो ।

आफ्नो क्षमता आफैले उजागर गर्नसके विद्यार्थीलाई नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन कठिनाइ नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “क्षमतावान विद्यार्थीलाई नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो छैन । तर, त्यसका लागि कोही पनि सबै कुरामा जान्ने हुँदैनन् भन्ने मान्यतालाई आत्मसात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्छ ।”

सम्बन्धित खबर