Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
नेपालले भुटानलाई २९८ रनले हराउँदै सेमिफाइनलमा प्रवेश
मङ्गलवार, असार १७, २०८२
काठमाडौँ, १७ असारः मलेसियामा जारी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ । आज भएको म्याचमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो ।
नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३२.४ ओभरमा ६० रन मात्र जोड्न सक्यो । नेपालका कप्तान विपिन शर्माले घातक बलिङ गर्दै केवल ७ रन खर्चमा ४ विकेट लिए ।
भुटानका दुई ब्याटरले मात्रै दोहोरो अंकमा रन बटुल्न सकेका थिए । ११ औँ नम्बरमा आउने ब्याटर घाइते भएकाले ९ विकेट खसेपछि भुटानको इनिङ समाप्त गरिएको थियो ।
आजको म्याचमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रौनक श्रीवास्तवको कीर्तिमानी १६८ रनको मद्दतमा ३५८ रनको विशाल स्कोर खडा गरेको थियो । आजको जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।