शनिवार, साउन ३, २०८२
Nayapaper | अनलाइन पत्रिका

तिलाहारमा बेठीका साथ रोपाइँ

मङ्गलवार, असार १७, २०८२

भोजपुर, १७ असारः तिलाहारमा बेठी लगाएर रोपाइँ गरिएको छ । पञ्चैबाजा बजाएर भोज खुवाई पौवादुङमा– १ श्यामशीलाका धनबहादुर पाण्डले १९ हल गोरुसहित १८० जना खेतालाले रोपाइँ गरेका हुन् । 
 
गाउँघरका सबै भेला भएर पञ्चैबाजा बजाएर ६५ रोपनीमा रोपाइँ गरिएको हो । परम्परा लोप हुन नदिन बेठी गरिएको किसान पाण्डेले बताउनुभयो । उत्सवका साथ रोपाइँ गरिएको जानकारी दिँदै उहाँले   परम्पराको संरक्षणका लागि साबिक तीन वटा वडाका स्थानीय भेला भएर रोपाइँ गरिएको बताउनुभयो । 
 
बेठीलाई जमिनको विवाहका रूपमा लिइने स्थानीय इन्द्रबहादुर पाण्डेले बताउनुभयोे । पञ्चैबाजासहित असारे भाकामा गरिएको रोपाइँमा खेतालाबाहेक ज्येष्ठ नागरिक पनि सहभागी हुनुुभएको थियो । 
सम्बन्धित खबर