सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

शिवसताक्षीमा सेवा निवृत्त शिक्षकसहित ६१ जना सम्मानित

बुधवार, असार १८, २०८२

शिवसताक्षी : झापाको शिवसताक्षी नगरपालिकाको सेवा निवृत्त शिक्षकसहित विभिन्न विधामा ६१ जनालाई सम्मान गरिएको छ ।
शिवसताक्षी नगरपालिकाले शैक्षिक सम्मान गर्दै सेवा निवृत्त शिक्षक, दीर्घ सेवी शिक्षक, २०८० सालमा कक्षा ८, एसईई र कक्षा १२ मा सामुदायिक र संस्थागत विद्यालयबाट उत्कृष्ट हुने छात्र / छात्रालाई सम्मान गरेको हो ।

यस अवसरमा सामुदायिक विद्यालयमा २५ वर्ष निरन्तर सेवामा रहेका २३ जना शिक्षकहरूलाई सम्मान गरिएको छ । त्यसैगरी, सेवा निवृत्त ११ जना शिक्षकहरूलाई अवकाशपछि सम्मान गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै, २०८० सालमा कक्षा ८, एसईई र १२ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्र्थीहरूलाई नगद र सम्मान पत्र प्रदान गरिएको नगर शिक्षा अधिकृत छविलाल ढकालले जानकारी दिनुभयो । नगरपालिकाले १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगर, जिल्ला, प्रदेश र केन्द्रसम्म पुगेर पदक जित्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको थियो ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिक्षाको गुणस्तर र बृद्धि गर्न विद्यार्थी, शिक्षक, अभिभावक विद्यालय व्यवस्थापन समितिको अहम भूमिका रहने बताउनु भयो । नगरपालिकाले शिक्षा नीति लगायत आधारभूत कुराहरु व्यवस्थापन गर्ने र अन्य काम विद्यालयको सँग जोडिएका व्यक्ति वा निकायहरुले गर्न सके प्रभावकारी हुने उहाँको भनाई थियो ।
त्यस्तै कार्यक्रममा सामुदायिक विद्यालयहरूमध्ये कक्षा ८ र एसईईमा उत्कृष्ट नतिजा ल्याउने बालसेवा आधारभूत विद्यालय र त्यसका प्रधानाध्यापक बेनुप्रसाद कार्की तथा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय र त्यसका प्रधानाध्यापक गिरिराज सेर्मा सम्मानित भएका थिए ।
१५औँ राष्ट्रपति रनिङ शिल्‌ड प्रतियोगिताको संस्थागततर्फ प्रथम हुने सेभेनसिज माध्यमिक विद्यालय र सामुदायिकतर्फ प्रथम स्थान हासिल गर्ने लालपानी माध्यमिक विद्यालयलाई समेत सम्मान गरिएको थियो। विद्यालयलाई उत्कृष्ट बनाउन कार्य गर्ने महिला प्रधानाध्यापकका रूपमा श्रीजंग प्राथमिक विद्यालयका प्रधानाध्यापक अन्जूकुमारी गौलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष मनोज खुलाल कार्की, नेपाल शिक्षक महासंघ अध्यक्ष बेनुप्रसाद कार्की, सम्मानित शिक्षकहरुको तर्फबाट श्रीप्रसाद खरेलले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यपालिका सदस्य यसोदा विमलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक कमल भट्टराई गर्नु भएको थियो ।

सम्बन्धित खबर