सोमवार, असार ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

सिदार्थ बैंकद्वारा बिर्तामोड उद्योग वाणिज्य संघलाई ४५ थान डस्टविन हस्तान्तरण

बुधवार, असार १८, २०८२

झापा, १८ असार : सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड, झापाले बिर्तामोड उद्योग वाणिज्य संघलाई ४५ थान डस्टविन हस्तान्तरण गरेको छ।

सिद्धार्थ बैंक लिमिटेड बिर्तामोड शाखा प्रमुख सुवास श्रेष्ठले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई डस्टविनहरू हस्तान्तरण गर्नुभएको हो।

संघका अध्यक्ष राजु न्यौपानेका अनुसार, सिद्धार्थ बैंकले उपलब्ध गराएका डस्टविनहरूले बिर्तामोड नगरलाई स्वच्छ र सफा राख्न महत्वपूर्ण योगदान पुर्‍याउनेछन्। उहाँले नगरका विभिन्न स्थानहरूमा ती डस्टविनहरू राखिने जानकारी दिनुभयो। साथै, उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।त्यसैगरी, कार्यक्रममा बोल्दै सिद्धार्थ बैंक कोशी प्रदेश हेड सुवास श्रेष्ठले, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिर्तामोड उद्योग वाणिज्य संघलाई डस्टविन प्रदान गरिएको बताउनुभयो। बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरिरहेको सरसफाइ अभियानमा साथ दिन बैंकले यो सहयोग गरेको उहाँको भनाइ थियो।

कार्यक्रमको सहजीकरण महासचिव कुशल खतिवडाले गर्नुभएको थियो। कार्यक्रमकै अवसरमा वातावरण स्वच्छ राख्ने अभियानमा साथ दिएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघले सिद्धार्थ बैंकलाई कदरपत्रद्वारा सम्मानसमेत गरेको थियो।

सम्बन्धित खबर