शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

मेचीनगरमा अपाङ्गता तथा नसर्ने रोगका विरामीलाई निशुल्क उपचार सेवा

शुक्रवार, असार २०, २०८२

मेचीनगर, १९ असार : मेचीनगर नगरपालिकाले दृष्टिसँग सम्बन्धीत अपाङ्गता भएका व्यक्तिहरुलाई उपचार सेवा प्रदान गरेको छ ।

विहीबार नगरपालिकाले दृष्टिसँग सम्बन्धीत अपाङ्गता भएका २८ जना व्यक्तिहरुलाई उपचार सेवा प्रदान गरेको हो ।

नगरपालिका र मेची नेत्रालयबीचको सम्झौता अनुसार ५ जनाको शल्याक्रिया र २३ जनाको मेडिकल उपचार भएको करूणा फाउण्डेशन नेपालका मेचीनगर संयोजक पदम बराइलीले जानकारी दिए ।

नगरपालिकाले यसअघि ४२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यूरो, अर्थो र फिजियो थेरापीको उपचार सेवा प्रदान गरिएको उनले बताए ।

अपाङ्गता भएका ७० जनाको उपचार

चालु आर्थिक वर्षमा ७० जनाको उपचार भएको र बाँकीको आगामी वर्षमा निरन्तरता दिइने बराइलीले बताए ।

उक्त कार्यक्रमको आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख जयन्ती खरेल, पूर्व क्षितिज अपाङ सेवा संघका अध्यक्ष धर्मराज घिमिरे लगायतले स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्गता महासंघको प्राविधिक सहयोगमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा रहेको छ ।

शिविरमा ५०० जनाको उपचार

यता, आजै मेचीनगर–११, धाइजन स्थित स्वास्थ्य चौकीमा नसर्ने रोग न्यूनिकरणका लागि जारी अभियानको नगरप्रमुख बुढाथोकी, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा लगायतले अनुगमन गरेका छन् ।

अभियान अन्तरगत धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा पन्ध्र वटै वडामा नगरपालिकाले नसर्ने रोग न्यूनिकरणका लागि उच्च रक्तचाप, मधुमेह, मिग्रौला रोग, परीक्षण, उपचार र रोकथाम सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ ।

चालु आर्थिक वर्षमा वडा नम्बर ११ मा उक्त शिविर २४ गतेसम्म सञ्चालन हुनेछ । शिविर असार १ गतेदेखि सुरु भएको थियो ।

शिविरमा खटिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.अविनाश देवले हालसम्म करिव ५ सय जना उपचार सेवा प्रदान गरेको जानकारी दिए । उपचारमा आएका मध्ये धेरै सुगर र प्रेसरका विरामी रहेको उनको भनाई छ ।

टोलमा स्वयमसेवकहरुले ४० वर्षभन्दा कम र त्यसभन्दा माथिका रोगी पहिचान गरेर आएका करिव ५० जना विरामीहरुको दैनिक उपचार सेवा हुँदैछ ।

उपचारमा आएका विरामीको प्रकृति हेरेर एमलोड ५ एमजी, मेटफरमीन ५ सय एमजी, एडट्रोभास्ट्रीन र गिल्मीप्राइड लगायतका औषधि निःशुल्क प्रदान गरिएको छ ।

मेचीनगरका करिव एक लाख ३८ हजार नागरिक मध्ये ५० प्रतिशतलाई उपचार सेवा पुर्याउनेलक्ष्य रहेको छ ।

स्वास्थ्य शाखाका अनुसार विभिन्न प्रकारका नसर्ने रोग लाग्न सक्ने अनुमान गरिएका ३६.४ प्रतिशत नागरिकलाई उपचार सेवा दिइने छ ।
उपचार सेवा दिइनु पर्ने अनुमान गरिएका ४० वर्ष कम उमेरका ३५ प्रतिशत र ४० देखि ६० वर्ष उमेरका २३.६० प्रतिशतका नागरिक रहेको ।

नगर अस्पतालमा विरामीको चाँप

यसैगरी, धुलाबारी स्थित मेचीनगर आधारभूत अस्पतालको पनि अनुगमन गरिएको छ । नगरप्रमुख बुढाथोकी, स्वास्थ्य शाखा प्रमुख सापकोटा लगायतले अनुगमन गरेका हुन् ।

नगरप्रमुख बुढाथोकीले अस्पतालमा सेवा लिन आएका विरामीहरुको अवस्था बुझेका थिए । उनले डाक्टर, नर्स र कर्मचारीहरुलाई उपचारमा आएका विरामीहरुलाई जतिसक्दो चाँडो र राम्रोसँग सेवाप्रवाह गर्न आग्रह गरेका थिए ।

अस्पताल र नयाँ सामुदायिक बहुउदेश्यीय भवनमा १५ वेड, ल्याब, भिडियो एक्सरे, थाइराइड, ईसीजी लगयतको सेवा प्रदान गरिरहेको छ । दैनिक विहान साढे ६ वजेदेखि ल्याबको समेत सेवा उपलब्ध छ ।

अस्पतालमा विशेषज्ञ र एमवीवीएस डाक्टरहरुबाट प्रत्येक मंगलबार स्त्री रोग तथा प्रसुती सेवा, विहीबार बालरोग तथा नाक, कान र घाँटीको सेवा, शुक्रबार जनरल फिजिसियन सेवा, दैनिक विहान ६ वजेदेखि ओपिडी सेवा, ईसीजी, युएसजी सेवा, २४ सै घण्टा आकस्मिक सेवा, बीमा तथा अन्य निःशुल्क सेवाहरु प्रदान गरिएको छ ।

अस्पतालले दैनिक करिव ५ सय जना विरामीलाई उपचार सेवा दिइरहेको सापकोटाले बताइन् ।

सम्बन्धित खबर