Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सशस्त्र प्रहरी र तस्करबीच भिडन्त
शुक्रवार, असार २०, २०८२
जनकपुर, २० असारः धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच भिडन्त भएको छ ।
बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैँचामा राखेको भन्ने सूचनाका आधारमा ३० जनाको सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो ।
सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काले बताउनुभयो ।
भिडन्तका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको र घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।