शनिवार, फागुन २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट अम्बिका भण्डारी सम्मानित

आइतवार, असार २२, २०८२

विर्तामोड , २२ असारः नारी सञ्चार गृहद्वारा स्थापित ‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस)की जिल्ला संवाददाता अम्बिका भण्डारी सम्मानित हुनुभएको छ ।

आज विर्तामोडमा आयोजित एक समारोहमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्षसमेत रहनुभएकी भण्डारीलाई विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले नगद रु एक लाखसहित पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभएको हो ।

सोही अवसरमा नारी सञ्चारगृह युवा पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी चिरञ्जीवी घिमिरे नगद रु २५ हजारसहित सम्मानित हुनुभएको छ । नारी सञ्चारगृहकी अध्यक्ष रेजिना रोजनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव मायामितु न्यौपानेले गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष केशव आचार्य लगायतलाई सम्मान गरिएको थियो ।

नारी सञ्चारगृह झापा जिल्लामा सक्रिय पत्रकारितामा संलग्न महिला सञ्चारकर्मीको सङ्गठित संस्थाका रूपमा स्थापना भएर काम गर्दै आएको छ । संस्थाले महिला नेतृत्व, समावेशीता र सामाजिक न्यायमा आधारित पत्रकारिताको प्रवर्द्धन तथा पत्रकारको हकहितका पक्षमा गर्दै आइरहेको छ ।

सम्बन्धित खबर