शनिवार, साउन १०, २०८२
Nayapaper | अनलाइन पत्रिका

बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

आइतवार, असार २२, २०८२

बिर्तामोड, २२ असार : बिर्तामोड नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, बिर्तामोड नगरपालिका र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा संचालित उक्त कार्यक्रमको समिक्षा गरिएको हो ।

कार्यक्रममा महिला बालबालिका शाखाकी अधिकृत पुष्पा कार्कीले कार्यक्रमको प्रगति प्रस्तुत गर्नु भयो । उहाँले विभिन्न स्वास्थ्य केन्द्रबाट गर्व रहनु पूर्व १ सय जना र गर्व पश्चात २ सय ४७ जनालाई फोलिक एसिड चक्की वितरण गरिएको जानकारी दिनुभयो । अपाङ्गता पहिचान तथा परिचय पत्र वितरण, घरमै पुगेर तथ्याङ्क संकलन, शिविर सञ्चालन र सहायक सामग्री वितरण लगायतका कार्य गरेको उल्लेख गर्नु भयो ।

बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको संख्या १ हजार ११९ जना रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ । जसमध्ये रातो कार्ड पाउने ३ सय ९८ जना, निलो कार्ड पाउने ४ सय ९७ जना, पहेँलो कार्ड पाउने १ सय ६० जना र सेतो कार्ड पाउने ६५ जना रहेको जनाईएको छ ।

यस्तै अपाङ्गता भएका १३ जनालाई विद्यालय भर्ना, १६ जनालाई घरमा आधारित शिक्षा र समावेशी शिक्षाका लागि शिक्षक र व्यवस्थापन समितिलाई २ वटा समूह बनाएर तालिम प्रदान गरिएको करूणा फाउण्डेशन नेपालकी बिर्तामोड संयोजक अनुष्का केसीले जानकारी दिनुभयो । उक्त कार्यक्रम अन्तर्गत नवविवाहित ७९ जोडीलाई शुभकामना कार्डसमेत वितरण गरेको जनाईएको छ ।कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्वास्थ्य नै सबै भन्दा ठुलो सम्पति रहेकोले यसको ख्याल गर्न सुझाब दिनुभयो । स्वस्थ नागरिक भएमात्र मुलुक समृद्ध बन्ने भन्दै उहाँले फोलिक एसिड चक्कीको उपयोगिता र प्रभावकारिताको विषयमा बुझाउन जोड दिनुभयो ।

नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, कार्यपालिका सदस्य संगिता सिवा, सिता ढुंगाना विक, लक्ष्मिा खतिवडा, निर्मला ल्वागुन लगायत वडा सचिब तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

 

सम्बन्धित खबर