सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

आइतवार, असार २२, २०८२

बिर्तामोड, २२ असार : बिर्तामोड नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, बिर्तामोड नगरपालिका र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा संचालित उक्त कार्यक्रमको समिक्षा गरिएको हो ।

कार्यक्रममा महिला बालबालिका शाखाकी अधिकृत पुष्पा कार्कीले कार्यक्रमको प्रगति प्रस्तुत गर्नु भयो । उहाँले विभिन्न स्वास्थ्य केन्द्रबाट गर्व रहनु पूर्व १ सय जना र गर्व पश्चात २ सय ४७ जनालाई फोलिक एसिड चक्की वितरण गरिएको जानकारी दिनुभयो । अपाङ्गता पहिचान तथा परिचय पत्र वितरण, घरमै पुगेर तथ्याङ्क संकलन, शिविर सञ्चालन र सहायक सामग्री वितरण लगायतका कार्य गरेको उल्लेख गर्नु भयो ।

बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको संख्या १ हजार ११९ जना रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ । जसमध्ये रातो कार्ड पाउने ३ सय ९८ जना, निलो कार्ड पाउने ४ सय ९७ जना, पहेँलो कार्ड पाउने १ सय ६० जना र सेतो कार्ड पाउने ६५ जना रहेको जनाईएको छ ।

यस्तै अपाङ्गता भएका १३ जनालाई विद्यालय भर्ना, १६ जनालाई घरमा आधारित शिक्षा र समावेशी शिक्षाका लागि शिक्षक र व्यवस्थापन समितिलाई २ वटा समूह बनाएर तालिम प्रदान गरिएको करूणा फाउण्डेशन नेपालकी बिर्तामोड संयोजक अनुष्का केसीले जानकारी दिनुभयो । उक्त कार्यक्रम अन्तर्गत नवविवाहित ७९ जोडीलाई शुभकामना कार्डसमेत वितरण गरेको जनाईएको छ ।कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्वास्थ्य नै सबै भन्दा ठुलो सम्पति रहेकोले यसको ख्याल गर्न सुझाब दिनुभयो । स्वस्थ नागरिक भएमात्र मुलुक समृद्ध बन्ने भन्दै उहाँले फोलिक एसिड चक्कीको उपयोगिता र प्रभावकारिताको विषयमा बुझाउन जोड दिनुभयो ।

नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, कार्यपालिका सदस्य संगिता सिवा, सिता ढुंगाना विक, लक्ष्मिा खतिवडा, निर्मला ल्वागुन लगायत वडा सचिब तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

 

सम्बन्धित खबर