बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोड नगरपालिकाद्वारा ४ जीपीए प्राप्त विद्यार्थीलाई नगदसहित सम्मान

आइतवार, असार २२, २०८२

बिर्तामोड, २२ असार: बिर्तामोड नगरपालिकाले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा ४.०० जीपीए (GPA) प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ।

नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई दोसल्ला ओढाएर नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।

सम्मानित विद्यार्थीहरूमा वडा नं. २ स्थित मोहनमाया माध्यमिक विद्यालयका येलिना तिम्सिना, अनुपमा निरौला, अनुराग लुईटेल र अश्विन लुईटेल; वडा नं. ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयकी विद्या दाहाल; वडा नं. १ स्थित बाल्मिकी एजुकेशन फाउण्डेसनका अंकित कटुवाल र हृदय प्रसाद सिवाकोटी; तथा वडा नं. ५ स्थित अनारमनी लिबर्टी स्कुलका सौरभ अग्रवाल र सरोज निरौला रहेका छन्।

उनीहरूका साथै अभिभावकहरू र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई पनि नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले खादा र टीका लगाएर सम्मान गर्नु भयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले शिक्षकहरूको मेहनत र अभिभावकको सहयोगकै कारण विद्यालयहरू क्रमशः उत्कृष्ट बन्दै गइरहेको बताउनुभयो। उहाँले सामुदायिक होस् वा संस्थागत भेदभाव नगरी विद्यार्थीको भविष्यलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले कक्षा ८ र एसईईको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।

यस्तै, महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्ग प्रसाद खरेलले आगामी वर्षमा विद्यालयको शैक्षिक गुणस्तरमा अझ सुधार ल्याउने प्रतिबद्धता जनाउँदै नगरपालिकालाई आवश्यक नीतिगत सहयोग गर्न आग्रह गर्नुभयो। सम्मानित विद्यार्थीहरूको तर्फबाट मोहनमाया माध्यमिक विद्यालयकी छात्रा येलिना तिम्सिनाले धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम सञ्चालन शिक्षा शाखाकी अधिकृत जानुका रेग्मीले गर्नुभएको थियो भने लासाङ तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

सम्बन्धित खबर