विराटनगर , २३ अुसार: प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेशसभा सदस्य राज किराँतीले पर्यटनमन्त्री सदानन्द मण्डलले कर्मचारीहरूसँग रकम माग्ने गरेको र रकम नदिए सरुवा गरिदिने समाचार आइरहेकाले सरकारले छानबिन गर्नुपर्ने माग गर्नुभयो ।
सोमबार प्रदेशसभा बैठकमा किराँतीले ‘बिचौलियाले बजेट बनाएको होइन भनिए पनि मन्त्रीहरूको व्यवहार त्यसविपरीत देखिएको’ टिप्पणी गर्नुभयो ।
मन्त्रीको क्रियाकलापबारे गम्भीर रूपमा छानबिन गर्नुपर्ने उहाँले माग गर्नुभयो । उहाँले मन्त्री मण्डलको राजीनामा समेत माग गर्नुभयो । ‘‘नैतिकताको आधारमा मन्त्री मण्डलले राजीनामा दिनुपर्छ,’’ उहाँले भन्नुभयो ।
मन्त्री मण्डलको सचिवालयसँग सम्बन्धित विषयको विवादबारे पनि छानबिन गर्नुपर्ने उहाँले माग गर्नुभयो ।
