आइतवार, चैत १, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणको आवश्यकता

सोमवार, असार २३, २०८२

झापा, २३ असारः गत बिहीबार बिर्तामोड–७ फक्तालुङमा शौचालय जान निस्किएको बेला ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट आँगनमै ज्यान गयो । अचानक आएको हात्तीले किच्दा घटनास्थलमा नै लिम्बूको मृत्यु भएको थियो । 
 
यसैगरी, गत जेठ २० गते कमल–३ रतुवामाई वृक्षरोपणका क्रममा जङ्गलमा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भयो । हात्तीले विद्युत् पोलमा धक्का दिँदा उसलाई करेन्ट लागेको थियो । हात्तीको घटनास्थलमा नै ज्यान गयो ।
 
डिभिजन वन कार्यालय झापाका प्रमुख वन अधिकृत भरतबाबु श्रेष्ठले विगत १७ वर्षमा यहाँ जङ्गली हात्तीको आक्रमणमा परी ७४ जनाले ज्यान गुमाएको जानकारी दिनुभयो । उहाँका अनुसार २०६२ सालदेखि हालसम्ममा प्राकृतिक रुपले २५ वटा हात्तीको ज्यान गएको छ ।   
 
भारतको पश्चिम बङ्गालबाट बर्सेनि जङ्गली हात्तीहरु झापाको बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्छन् । ती हात्तीहरु झापा, मोरङ र सुनसरीका वन क्षेत्रमा रहेर पुनः भारत  फर्किने गरेको प्रमुख अधिकृत श्रेष्ठले बताउनुभयो । “पछिल्लो समय मानिसहरुको अत्यधिक चापले गर्दा वन क्षेत्रको विनाश हुन गई हात्तीलगायत वन्यजन्तुको बासस्थान सङ्कुचन हुन गएकाले हात्तीको जीवन अत्यन्त सङ्कटग्रस्त अवस्थामा रहेको छ,” उहाँले भन्नुभयो । 
 
डिभिजन वन झापाका अनुसार २५ देखि ३० को सङ्ख्यामा रैथानी जङ्गली हात्ती बाह्रै महिना यही क्षेत्रमा रहने गरेका छन् । मुख्य रुपमा जङ्गली हात्तीको खानाको उपलब्धता र विचरणमा समस्या आएका कारणबाट मानिस र जङ्गली हात्तीको बीचमा द्वन्द्व सृजना भएको छ । स्थानीयको व्यवहारले हात्ती–मानव द्वन्द्व झन् चर्किएको प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो ।
 
हात्ती गाउँमा प्रवेश गरेपछि स्थानीयले साइरन बजाउने, पटका पड्काउने, हल्लाखल्ला गर्ने, हात्तीलाई चारैतिरबाट घेर्ने आदि क्रियाकलापले हात्ती झनै उत्तेजित हुने र दुर्घटनाको सम्भावना बढ्ने गरेको उहाँले बताउनुभयो । यस प्रकारका क्रियाकलाप रोक्न वनकर्मी र सुरक्षाकर्मीको साथमा संयमता अपनाउनु जरुरी रहेको उहाँको भनाइ छ ।
 
द्वन्द्व न्यूनीकरणको प्रयास
 
सहभागितामूलक पद्धतिको अवलम्बन गर्दै वन उपभोक्त समूहमार्फत स्थानीय डिभिजन वन कार्यालहरुबाट हात्तीको प्राकृतिक बासस्थान संरक्षण र संवद्र्धन गर्ने गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । जसअनुसार हात्तीले मनपराउने वनस्पतिहरुको संरक्षण गर्ने, आउटेङ्गाका प्रजातिहरु वनस्पति रोपण गर्ने, हात्तीलाई पानी पिउन तथा पौडी खेल्नका लागि बासस्थान सुधारअन्तर्गत वन क्षेत्रभित्र नै पानीको पोखरी अर्थात् आहाल निर्माण गर्नेलगायत क्रियाकलाप गरिएको छ । 
 
यसैगरी, वन क्षेत्र र मानव बस्ती तथा खेतबारीको बीचमा हात्ती छेक्ने तारबार निर्माण, जङ्गली हात्तीबाट हुनसक्ने जनधनको क्षति र मानवीय गतिविधिका कारण हात्तीमा हुने क्षति न्यूनीकरण गर्न गाउँ, टोल, समुदायस्तरमा युवा जनशक्ति सङ्गठित गरिएको, दश पशु चिकित्सक, वन प्राविधिक र सशस्त्र वनरक्षकसहितको दुत्र प्रतिकार्य टिम गठन गरी परिचालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । 
 
डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को हालसम्ममा हात्तीबाट कुल रु दुई करोड एक हजार ९८८ बराबरको क्षति भएको छ । जुन रकम मानिस मृत्यु, मानिस घाइते, घरगोठ क्षति, अन्नबाली क्षति र भण्डारण गरेको अन्न क्षतिका लागि राहतस्वरुप उपलब्ध गराइएको हो । 
 
उक्त रमकमध्ये वन निर्देशनालयबाट रु एक करोड ३० लाख आठ हजार ४२३ र बाँकी रु ६९ लाख ९३ हजार ५६५ डिभिजन वन कार्यालयबाट विनियोजन भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 
 
डिभिजन वनका पशु चिकित्सक डा सोनाम भालका अनुसार मृतकका परिवारलाई जनही रु १० लाख, घाइतेलाई अवस्था हेरी रु दुई लाखसम्म, जीवनभर अशक्त भएको अवस्थामा रु पाँच लाखसम्म, अन्नबाली तथा भण्डारणमा क्षति भएमा बढीमा १० हजारसम्म र घर गोठ भत्केको अवस्थामा अधिकतम २० हजारसम्म डिभिजन वनले राहत उपलब्ध गराउँदै आएको बताउनुभयो । 
 
झापालगायत तराईका वन क्षेत्रमा हात्तीको बासस्थान सङ्कुचन, मानव बस्तीको विस्तार र जनचापका कारण जङ्गली हात्ती र मानवबीचको द्वन्द्व बढ्दो रहेको जनाइएको छ । वन क्षेत्रको संरक्षण, मानव–हात्ती सहअस्तित्वमा आधारित चेतना अभिवृद्धि, वैज्ञानिक व्यवस्थापन र स्थानीयको सहभागिता मात्रै यो समस्या न्यूनीकरण गर्न सकिने प्रमुख वन अधिकृत श्रेष्ठको भनाइ छ । 
सम्बन्धित खबर