Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
वीरता लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रम भव्यताका साथ सम्पन्न
सोमवार, असार २३, २०८२
बिर्तामोड, २३ असार : वीरता लेडी जेसीजले एक हप्तासम्म विविध कार्यक्रमसहित मनाइएको जेसीज सप्ताहको समापन गरेको छ।
कार्यक्रम वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता र झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष तथा सप्ताह संयोजक मुना ढुङ्गेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
उपाध्यक्ष तारा बस्नेतले आस्था बाचन गर्नुभएको थियो भने कानुनी सल्लाहकार अस्मिता कुरुङवाङले संस्था तथा सप्ताहको मिशन र भिजन प्रस्तुत गर्नुभएको थियो।
समापन कार्यक्रममा निवर्तमान अध्यक्ष एवं सप्ताह मूल संयोजक मेनुका ओलीले जेसीज सप्ताहको उद्देश्यबारे प्रकाश पार्दै कार्यक्रम अन्तर्गत ९ वटा विविध गतिविधिहरू सम्पन्न गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक शारदा ढकाल रिजाल, वीरता जेसीजका अध्यक्ष युवराज कुँवर, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल, राष्ट्रिय अनुसन्धान विभाग झापाका उपनिर्देशक उमेश पाण्डे, शसस्त्र प्रहरी बल नेपाल नं. २ गणका शसस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव प्रभा रायले गर्नुभएको थियो।