Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
भारतीय नागरिक हतियारसहित काँकरभिट्टाबाट पक्राउ
मङ्गलवार, असार २४, २०८२
झापा, २४ असार : झापाको काँकरभिट्टाबाट एक भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगालको दार्जिलिङ जिल्लास्थित जलपाईगुडी, भक्तिनगर सेवक रोड सिलिगुडी निवासी २५ वर्षीय प्रतिक अग्रवाल रहेका छन्।
आज बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेची भन्सार कार्यालयको परिसरमा चेकजाँच गर्ने क्रममा अग्रवाललाई नियन्त्रणमा लिएको हो।
उहाँले चलाउँदै ल्याउनुभएको डब्लुबी ७४ एजे ०४०० नम्बरको स्कुटरको डिकीभित्र लुकाइएको अवस्थामा एयर पेस्तोलजस्तो देखिने चालु हतियार फेला परेको प्रहरीले जनाएको छ। साथै, उहाँले बोकेको सानो छालाको साइड ब्यागभित्र प्लास्टिकको पोकोमा राखिएका १८ थान मेटल बुलेट र ४ थान मोबाइल फोन पनि बरामद गरिएको हो।
अवैध हतियार, मोबाइल र सवारी साधनसहित अग्रवाललाई नियन्त्रणमा लिइएको र हाल इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो।