आइतवार, चैत १, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

प्रतिनिधिसभा: जोखिममा रहेका हिमतालबारे सूचना आदानप्रदान गर्न सुझाव

बुधवार, असार २५, २०८२

काठमाडौँ, २५ असारः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मङ्गलबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सीमापार विपद्का सम्बन्धमा कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिनुभएको छ ।
 
उहाँहरूले चीनका विभिन्न क्षेत्रमा जोखिम अवस्थामा रहेका हिमतालको खतरा नेपालमा समेत देखिएको बताउँदै समाधानका लागि सूचना आदानप्रदान र सहकार्य गर्न कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभएको हो ।
 
बैठकमा सांसद राजेन्द्र बजगाईँले मङ्गलबार रसुवाको भोटेकोशीमा गएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतलाई तीव्रता दिन सरकारसँग माग गर्नुभयो । उहाँले यस्ता विपद्को समाधानका लागि कूटनीतिक रूपमा पहल गर्नुपर्ने सुझाउनुभयो । सांसद बजगाईँले पशुपतिनाथ मन्दिर परिसर हतियार निषेधित क्षेत्र भएकाले राजनीतिज्ञ वा सुरक्षाकर्मी कसैले पनि हतियार लैजान नहुने धारणा राख्नुभयो । 
 
सांसद नारायणप्रसाद आचार्यले बुटवलबाट पाल्पा जाँदै गरेको मोटरसाइकलमा मङ्गलबार पहिरोको ढुङ्गा खसेर दुर्घटनामा परी एकको निधन र एक जना घाइते भएका घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि सजगता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद माधवप्रसाद सापकोटाले रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ता नागरिकको शीघ्र खोजी र उद्धारका लागि माग गर्नुभयो । उहाँले चिनियाँ पक्षले उक्त घटनाका बारेमा जानकारी गराए पनि सजगता नपनाइएको उल्लेख गर्दै सीमा क्षेत्रमा जोखिममा रहेका हिमतालका सम्बन्धमा चिनियाँ सरकारसँग वार्ता गरी सूचना आदानप्रदान गर्ने उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद नारायणप्रकाश साउँदले ६२ प्रतिशत जनता कृषिमा आधारित भएको मुलुकमा किसानलाई समयमा रासायनिक मल र बीउ पु¥याउन नसक्नु दुःखद् पक्ष भएको उल्लेख गर्दै मुलुकभित्रै मल कारखाना खोल्नका लागि पहल गर्न सरकारसँग आग्रह गर्नुभयो ।
 
सांसद रणेन्द्र बरालीले सुनचाँदी व्यवसायीले विभिन्न माग राखी आन्दोलन घोषणा गरेको २१ दिन हुँदा पनि सुनुवाइ नभएको उल्लेख गर्दै वार्ताबाट माग सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले हाल सुनमा भन्सार शुल्क, विलासित कर, ज्याला र नाफा जोडेर उपभोक्तालाई ४३ प्रतिशत अतिरिक्त शुल्क लाग्ने गरेको बताउँदै यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।
 
सांसद शेरबहादुर कुँवरले भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको बताउँदै हराइरहेका व्यक्तिको तत्काल खोजी गर्न आग्रह गर्नुभयो । उहाँले साँफेबगरमा केही दिनअघि एक जना व्यक्तिको करेन्ट लागेर निधन भएको जानकारी गराउँदै तत्काल राहतको व्यवस्था गर्न र आगामी दिनमा त्यस्ता घटना नियन्त्रणमा प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद शान्ति विकले सुमेरु कन्सल्टेन्सीले भिजिट भिसामा जापान पठाउने नाममा विभिन्न व्यक्तिसँग ठूलो रकम लिएको बताउँदै अर्कालाई मानव तस्करी गरेको आरोप लगाउने गरेको टिप्पणी गर्नुभयो । उहाँँले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण टोलीमा रहेका केही व्यक्ति उतै छोडेको भनी प्रधानमन्त्रीलाई मिथ्या आरोप लगाउने काम भएको भनी खेद प्रकट गर्नुभयो । 
सम्बन्धित खबर