सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

बुधवार, असार २५, २०८२

काठमाडौँ, २५ असारः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न तथा किसानका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 
 
बैठकको शून्य समयमा उहाँहरूले विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वचेतावनीलाई प्रभावकारी बनाउन, किसानलाई सहज रूपमा मल, बीउ र सिँचाइको सुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो ।
 
सांसद रेखा शर्माले पूर्वतयारी प्रभावकारी नहुँदा प्राकृतिक प्रकोपबाट धेरै जनधनको क्षति भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । उहाँले रसुवामा बाढीबाट भएको जनधनको क्षतिका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद शर्माले मलको अभावमा किसानले धान रोप्न नपाएका उल्लेख गर्दै मलको आपूर्तिमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 
 
सांसद लालप्रसाद साँवा लिम्बूले मानो रोपेर मुरी उब्जाउने अवस्थामा किसानले मल पाउन नसक्दा चिन्तित भएका बताउनुभयो । “कृषिमा आत्मनिर्भर, आधुनिकीकरण, उत्पादन वृद्धि भनिरहेका छौँ, तर मलको अभाव छ, कसरी यो लक्ष्य पूरा हुन्छ । आगामी दिनमा मलको अभाव हुन नदिन विशेष योजना बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।
 
सांसद योगेन्द्र मण्डलले समयमा मल, बीउ, सिँचाइको सुविधा उपलब्ध गराएर किसानलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । सांसद रणकुमारी बलम्पाकी मगरले प्राकृतिक विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद राजेन्द्रकुमार केसीले तीनै तहका तालिमप्राप्त सुरक्षाकर्मीलाई दुरुपयोग गरी पूर्वमन्त्री, राजनीतिककर्मी, उच्चपदस्थ तथा अवकाशप्राप्त व्यक्तिको घरमा खटाइने प्रवृत्ति तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद राजेन्द्रकुमार राईले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि न्यून बजेट उपलब्ध गराइँदा नागरिक समस्यामा परेका बताउनुभयो । सांसद रामकुमार राईले खेतीबालीको समयमा किसानले मल पाइरहेको छैन, कहिले पर्याप्त मल, बीउको व्यवस्था हुन्छ ? भनी प्रश्न गर्नुभयो ।
 
सांसद रामकृष्ण यादवले मङ्गलबार रसुवामा आएको बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी गर्न र क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न माग गर्नुभयो । सांसद रामशङ्कर यादवले तराई मधेसका क्षेत्रमा खडेरीका कारण खानेपानी र सिँचाइको समस्या बढ्दै गएको जनाउँदै आधारभूत सुविधा उपलब्ध गराउन माग गर्नुभयो ।
 
सांसद रामहरि खतिवडाले वर्षाका कारण राजमार्ग, विद्युत्, खानेपानी, मल, बीउ, सिँचाइको अभाव भइरहेकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रुक्मिणी राना बराइलीले सुनका गहनामा लगाइएको बिलासी कर हटाउन माग गर्नुभयो । सांसद रुपा शोशी चौधरीले कैलालीको जानकी गाउँपालिकामा मृतकका सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सो सम्बन्धमा निश्पक्ष छानबिन गर्न माग गर्नुभयो ।
 
सांसद लेखनाथ दाहालले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताको तत्काल निश्पक्ष छानबिन अघि बढाउन माग गर्नुभयो । सांसद बिजुला रायमाझीले प्राकृतिक विपद्बाट विपन्न समुदाय र बस्ती बढी प्रभावित हुने भएकाले यसतर्फ सरकारको ध्यान पुग्नुपर्ने बताउनुभयो ।
 
सांसद महेश बर्तौला खेतीबालीको समयमा सिङ्गो मुलुकभर मलको अभाव रहेकाले तत्काल मल उपलब्ध गराउन कृषि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद महेश बस्नेतले इलाममा रहेको नेपाल–भारत पशुपति नगर नाकामा भारततर्फ भन्सार कार्यालय नहुँदा स्थानीय र औद्योगिक वस्तु निर्यातमा समस्या भएको जनाउँदै सोसमस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो ।
 
सांसदहरू भगवती चौधरी, भानुभक्त जोशी, महिन्द्रराय यादव, महेन्द्रबहादुर शाही, सांसद मीना तामाङ, मेटमणि चौधरी, मैना कार्की र मङ्गलप्रसाद गुप्ताले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सम्बन्धित खबर