Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
रसुवा बाढीमा परेका १० जनाको शव फेला
बिहिवार, असार २६, २०८२
काठमाडौँ, २६ असार: रसुवाको भोटेकोशी नदीमा मंगलबार आएको बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भयो । केन्द्रीय प्रहरी प्रवक्ता (डीआईजी) विनोध घिमिरेका अनुसार बाढीमा परेर २० जना बेपत्ता भएका थिए ।
बेपत्तामध्ये प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परिसकेको छ । उद्धारका लागि निस्किएको प्रहरी टोलीमध्ये श्रेष्ठसहित तीन प्रहरी बेपत्ता भएका हुन् ।
प्रहरीबाहेक ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण नागरिक बाढीमा परेका हुन् । प्रहरीले हालसम्म नौजनाको शव फेला पारेको छ । डीआईजी घिमिरेका अनुसार शव फेला परेकाहरू बेपत्ता भएकाहरूमध्येकै हुन् ।
“हालसम्म दशजनाको शव फेला परेको छ । त्यसमा एकजना प्रहरी कर्मचारीको सनाखत भइसकेको छ । अन्यको सनाखत हुन बाँकी छ,” उहाँले भन्नुभयो, “तर, उनीहरू पनि बेपत्ताहरूमध्येबाट नै रहेको हाम्रो आशंका छ । सनाखत हुन भने बाँकी रहेकाले बेपत्ताको सूचीबाट नहटाइएको हो ।’’
बेपत्ताको सूची सुरुवाती २० बाट नबढेका कारण शव उनीहरूकै भएको प्रहरीको विश्वास छ । प्रहरीका अनुसार बाढीका कारण नेपाल–चीन नाका जोड्ने मितेरी पुल, ईभी चार्जिङ स्टेसन, आठवटा इभी गाडी, भन्सार कार्यालयमा क्षति, रसुवागढी हाइड्रोपावरमा क्षति तथा ड्राइपोर्ट बगाउँदा ठूलो मात्रामा कन्टेनरहरू समेत बगाएको छ ।
हाल बाढी प्रभावित क्षेत्रका स्थानीयको उद्धार तथा राहतको काम भइरहेको प्रहरीले जनाएको छ ।