काठमाडौँ, २६ असार: पुरुष आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्रीय छनोट प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ। प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुनेछ।
नेपाल समूह–२ मा परेको छ, जहाँ उसले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल अक्टोबर ८ मा कुवेतविरुद्ध र दोस्रो खेल अक्टोबर १० मा जापानविरुद्ध खेल्नेछ।प्रतियोगितामा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छः
समूह–१: युएई, मलेसिया, कतार
समूह–२: नेपाल, कुवेत, जापान
समूह–३: ओमान (आयोजक), पपुआ न्यूगिनी, सामोआ
प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर–६ चरणमा प्रवेश गर्नेछन्। सुपर–६ बाट उत्कृष्ट तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा स्थान बनाउनेछन्।



