आइतवार, फागुन ३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

कृषि उत्पादन बढाउन उपकरणमा अनुदान

शुक्रवार, असार २७, २०८२

इलाम, २७ असारः पचहत्तर प्रतिशत अनुदानमा हाते ट्र्याक्टर पाएपछि माईजोगमाई गाउँपालिका–३ का हरि ढकालले खेती विस्तार गर्नुभएको छ । माईजोगमाई–५ का तुलसी चापागाईँ पनि खेतबारी खन्ने झन्झटबाट मुक्त भएपछि हिजोआज उहाँ खेतमा नै व्यस्त हुनुहुन्छ ।

अनुदानमा चिया टिप्ने मेसिन पाउँदा व्यावसायिक बन्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ सोही पालिका–१ प्रमेजुङका चन्द्र भण्डारी । “विगतको तुलनामा उत्पादन बढ्ने विश्वास छ”, किसान भण्डारीले भन्नुभयो ।

माईजोगमाई गाउँपालिकाले कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई बिहीबार हाते ट्र्याक्टर र चिया टिप्ने मेसिन वितरण गरेपछि उहाँहरू कृषि कर्ममा लाग्न उत्साहित हुनुभएको हो । पचहत्तर प्रतिशत अनुदानमा वितरण गरिएको यन्त्रले किसानमा उत्साह र व्यावसायिक कृषिको सम्भावना बढाएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताउनुभयो ।

“छ अश्वशक्तिका १० र सात अश्वशक्ति क्षमताका १३ वटा हाते ट्र्याक्टर तथा १७ वटा चिया टिप्ने मेसिन वितरण गरेका छौँ”, अध्यक्ष थेबेले भन्नुभयो । “कोशी प्रदेश सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा वितरण गरिएका उपकरणका लागि किसानले २५ प्रतिशत लागत सहभागिता जनाएका छन् ।” उहाँले वितरण गरिएका सामग्रीको प्रभावकारी प्रयोगका लागि अनुगमन गरिने बताउनुभयो ।

सम्बन्धित खबर