शनिवार, फागुन २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

कनकाईमा अत्याधुनिक चार्जिङ सेन्टर सञ्चालनमा

शुक्रवार, असार २७, २०८२

कनकाई, २७ असार: झापाको कनकाई-३ सुरुङ्गामा विद्युतीय सवारी साधनको सुविधासहितको अत्याधुनिक चार्जिङ स्टेशन सञ्चालनमा आएको छ ।

पूर्व-पश्चिम राजमार्गको कनकाई-३ नयाँ बस्ती स्थित सुरुङ्गा पुलको सय मिटर पश्चिममा कन्चन ई.भि. यातायात प्रा.लि. नै दर्ता गरि विद्युतीय सवारी साधनको सुविधा सहितको अत्याधुनिक फाष्ट चार्जिङ स्टेशन सञ्चालनमा आएको हो ।

स्थानीय ५ युवा व्यवसायीको करीब ३ करोड ५० लाख बढीको संयुक्त लगानीमा सुरु गरिएको विद्युतीय सवारी साधनको सुविधा सहितको अत्याधुनिक फाष्ट चार्जिङ स्टेशनको शुक्रबार एक संङ्क्षिप्प्त कार्यक्रमको आयोजना गर्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गर्नुभएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले चार्जिङ स्टेशन सञ्चालनमा आउनु विद्युतीय सवारी साधनको यात्रा हरित, स्वच्छ ऊर्जा खपत मार्फत कार्वन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरु न्यूनिकरणमार्फत देशको दीगो विकासमा महत्वपूर्ण सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आन्तरिक रुपमा विद्युत खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै विद्युतीय सवारी साधनको प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने जिकिर गर्नुभयो ।

विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५–२० गुणा सस्तो पर्ने उल्लेख गर्दै नगर प्रमुख पोखरेलले यसबाट स्थानीय स्तरमामा मुद्रा सञ्चितिमा पनि थप सहयोग पुग्ने बताउनुभयो । पेट्रोलियम पदार्थको आयात घटाउन र स्वच्छ ऊर्जाको प्रवर्द्धनलाई बढावा दिन कनकाई नगरपालिकाले पनि विद्युतीय गाडी सञ्चालन गर्ने योजनालाई प्रमुख प्राथमिकतामा राखेको जानकारी दिनुभएको थियोे ।

कन्चन ई.भि. यातायात प्रा.लि. नै दर्ता गरि स्थानीय ५ युवा किरण दवाडी, धर्मेन्द्र सुवेदी, लोकनाथ दवाडी, राजकुमार राय विशाल अधिकारीको संयुक्त लगानीमा व्यवसाय सुरु गरिएको संचालक मध्येका एक किरण दवाडीले जानकारी दिनुभयो ।

उद्वघाटन कार्यक्रममा कनकाई-३ का वडा अध्यक्ष युवराज चौलागाईं, नेपाल विद्युतीय प्राधिकरण सुरुङ्गाका प्रमुख राधाकृष्ण नायक, आलस्के मोटर प्रा.लि का संचालक सन्जिव ओली, ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रमुख राधाकृष्ण पौडेल, ट्राफिक बिट सुरुङ्गाका प्रमुख कृष्णबहादुर बुढाथोकी कनकाई नगर कर्मचारी विजय पाठक लगायतको उपस्थिति रहेको कार्यक्रमको स्वागत संचालक किरण दवाडीले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन अर्का संचालक ध्रमेन्द्र सुवेदीले गर्नुभएको थियोे ।

करिव डेड दशक भन्दा लामोसमय सम्म यातायात कै क्षेत्रमा अनुभव समालिसक्नुभएका युवा व्यावसायीहरुले सन्चालनमा ल्याएका सवारी साधनमा ११ देखी १७ सिट सम्मका गाडी रहेकोे जनाएको छ। उक्त गाडीहरू काँकरभिट्टादेखी विराटनगर, धरान र पुर्वी पहाडी जिल्ला ईलाम, पाँचथर र ताप्लेजुङसहित रिजावमा देशभर उपलब्ध गराउने कम्पनीले जनाएको छ।

सम्बन्धित खबर