Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एक मिनेटमै सक्यो काठमाडौं महानगरको कार्यपालिका बैठक
शुक्रवार, असार २७, २०८२
काठमाडौं, २७ असार काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आइतबार सार्वजनिक गर्ने भएको छ। शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले अर्को बैठक असार २९ गते दिउँसो २ बजे बस्ने जानकारी गराउनु भएको हो ।
उहाँले बैठकका विभिन्न २४ एजेन्डा रहे पनि एउटामात्र एजेन्डा प्रस्तुत गर्नुभएको थियो। सोही एजेन्डाअन्तर्गत आइतबार लागि अर्को बैठक बोलाइएको हो। प्रमुख बालेनका अनुसार सोही दिन विहान ९ बजे कार्यपालिका बैठक बस्नेछ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटको सीमा निर्धारण गरेको छ। महानगरले २५ अर्ब ११ करोडको बजेट ल्याउने तयारी गरेको हो।