शनिवार, मंसिर ८, २०८१
Nayapaper | अनलाइन पत्रिका

बिर्तामोड १ का जेष्ठ नागरिकलाई आयुर्वेदिक औषधी वितरण

शुक्रवार, वैशाख ८, २०८०

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १मा महामारी रोकथामका लागि व्याधिक्षमता अभिवृद्वी कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर झापाको आयोजनामा आज शुक्रवार भएको कार्यक्रममा वडाका जेष्ठ नागरिकहरुले लाभ लिएका छन् । ३५ जना भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई रोगव्याधसंग लड्ने शक्तिप्राप्त औषधी निशुल्क वितरण गरीएको छ ।

बुढेसकाल लागेपछि निन्द्रा नलाग्ने, हातखुट्टा बाउँडिने लगायतका रोगहरु देखिने गरेकाकारण आयुर्वेदिक चुर्ण वितरण गरीएको कबिराज निरिक्षक टेकनाथ अर्यालले जानकारी दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे र ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष डम्बर बस्नेतले २ जना जेष्ठ नागरिकलाई औषधी प्रदान गरेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो । उपस्थित मध्येका सबैभन्दा ज्येष्ठ वडा नम्बर १ का ८९ वर्षिय जयप्रसाद खरेल र ८७ वर्षिय खग प्रसाद आचार्यलाई औषधी प्रदान गरिएको हो ।

कार्यक्रममा निवर्तमान जनप्रतिनिधि प्रेमकुमार खरेल, वडा सचिब टिका अधिकारीको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर